Comments Add Comment

तन्नेरीलाई मन पर्ने एल्बम लिएर आए गौरब

mero man

काठमाडौं । गायक गौरव घिमिरे ‘समयको अन्त्य’ नामको पहिलो एल्बम लिएर आएका छन् ।
पश्चिमाञ्चलको सर्वाधिक चर्चित प्रतियोगिता ‘एलिजा सिङ्गङि स्टार २०७०’ का बिजेता गौरबले यो एल्बम तन्नेरी पुस्ताका स्रोतालाई मन पर्नेमा आशावादी छन् ।
एल्बममा ‘मनको बाँण’ सँगै ‘आज किन यति’ लगायत ६ वटा गीत समावेस छन् ।
भिडियो निर्माण गरिएको एउटा गीतमा गायक शिव परियारले फिचरिङ गरेका छन् ।
एल्बममा समावेश गीतहरु मध्ये ‘समयको अन्त्य’मा डा. प्रकाशराज भण्डारी र ‘याद बोकी’ बोलको गीतमा गायक स्वयंमको संगीत रहेको छ ।
अन्य चार गीतमा योगेश काजी बिसीले संगीत दिएका छन् । सबै गीतमा गौरबमै शब्द रचना रहेको छ ।
‘भाईब्स क्रियशन’ ले बजारमा ल्याएको यो एलबम बजारमा ल्याएको हो ।

gaurav album

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment