Comments Add Comment

न्यूयोर्कमा सुम्निमा साँझ हुँदै

sumnima sajhन्यूयोर्क । अंग्रेजी नयाँ वर्षको स्वागत र सन् २०१४ को विदाइ गर्दै अमेरिकाको न्यूयोर्कमा सुन्निमा साँझको छैटौ संस्करण गरिने भएको छ । किराँत राइहरुको महान चाड उधौलीको अवसरमा हरेक वर्ष न्यूयोर्कमा रहेका नेपालीहरूले सुन्निमा साँझ गर्दै आएका छन् ।

किराँत  राइ सोसाइटी अमेरिका ले आफ्नो जातीय, मौलिक्, भाषा, कला संस्कृतीको जगेर्ना गर्ने उद्देश्यले न्यूयोर्कमा “सुन्निमा साँझ” आगामी डिसेम्बर ३१ तारिखका दिन कुइन्स प्लेस, उड्साइडमा हुँदैछ ।

उक्त कार्यक्रममा लोकप्रिय गायक यसकुमारसहित जगदिश समाल, तीलक श्रेष्ठ, पबित्रा परियार्, राजेन्द्र रार्इ, तारा गुरुङ्, यसोधा खालीङ लगायतका लोकप्रिय गायक गायिकाहरुको उपस्थिती रहनेछ ।

सन २००३ मा अमेरिका को बिभिन्न राज्यमा बस्दै आएका किराँत, राइहरुले बिभिन्न रचनात्मक कार्य गर्ने उदेश्यले खोलेका किराँत राइ सोसाइटी उफ अमेरिकाले बर्सेनि “सुनिम्मा साँझ” को आयोजना गर्दै आएको छ । सुन्निमा साझ न्यूयोर्क मा हुने लोकप्रिय कार्यक्रम मध्य एक हो ।

सुनिम्मा साँझ जस्ता कार्यक्रमले जनस्तरमा प्रवासमा रहे पनि आफ्नो पहिचानको झझल्को दिने र अमेरिकामा रहेका दोस्रो पुस्ताको नेपाली केटाकेटीहरुलाई पनि नेपाली संस्कृतीबारे बुझ्न सघाउ पुर्याउन मदत गर्ने कुरा न्यूयोर्क ज्याक्सन हाइट्सका स्थानीय युबा नेता प्रकाश बस्नेत बताउँछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment