Comments Add Comment

ओलीको व्यंग्य  : प्रचण्डलाई नाटकघरले किन लाँदैन ?

kp oli

८ पुस, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाओवादी अध्यक्ष प्रचण्ड पछिल्ला दिनमा नाटकीय ढंगले प्रस्तुत भएको भन्दै नाटकघरले किन लाँदैनन् भन्ने व्यंग्यात्मक टिप्पणी गरेका छन् ।

बालुवाटार बैठकमा ओलीले आफूलाई महाराजधिराज ठानेको प्रचण्डको आरोपको जवाफमा उनले आफू राजा महाराजा होइन, देशको पहरेदार सिपाही भएको बताए ।

प्रेस चौतारी नेपालले मंगलबार राजधानीमा गरेको अन्तरसम्वाद कार्यक्रममा ओलीले बालुवाटार बैठकको प्रसंग सुनाउँदै भने-‘ पाउरोटी खस्रो हुन्छ भनेर बटर दलेर चिल्लो बनाएर प्रस्तुत भएको थिएँ ।’

शान्त हुनुस् भन्दै राजा महाराजाले जस्तो आदेश दिने भन्दै प्रचण्ड बुरुक्क उफि्रएको बताउँदै ओलीले भने-‘कुनै नाटक पनि यति नाटकीय हुँदैन, नाटकघरले पनि किन लाँदैनन् ?’

आफूले राजा महाराजा, हुने र तानाशाही चलाउने इच्छा नराखेको ओलीले बताए । उनले भने-‘म यो देशको पहरेदार हुँ । म जुन ठाउँमा हुन्छु, त्यसबाट देशको पहरेदारी गर्ने सिपाही हुँ ।’ सिपाही भन्दा कसले नियुक्त गर्‍यो भन्छन् भन्दै ओली आफैंले जवाफ दिएँ-अवैतनिक सिपाही हुँ । देशभक्तिका कारण सिपाही भएँ । जनताले चुनेर पठाएको प्रतिनिधि हुँ । बत्ती निभाएर आएको होइन ।’

संविधानसभाको तालावन्दी माओवादी योजना

एमाले अध्यक्ष ओलीले आफूहरुले सहमतिको प्रयास गरिरहेको भएपनि केही -माओवादी)ले मोर्चा बनाएर संविधान निर्माणलाई रोक्न खोजेको आरोप लगाए ।

कहीँ नभएको जात्रा संविधानसभामा देखिएको भन्दै उनले माओवादीले नै संविधानसभा भवनमा ताला लगाउन गराएको आरोप लगाए । उनले भने-बन्दकारीहरुको बर्गीय संगठनले संविधानसभामा बन्द गराए । जहाँ जहाँ छन्, त्यहाँबाट संविधान बन्न नदिने थालनी हो यो ।’

अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा कार्यरत कर्मचारीले संसद सचिवालयका कर्मचारीसरह तलब भत्ता र सुुविधा माग गर्दै आइतबार संविधानसभा भवनमा साढे ४ घन्टा तालाबन्दी गरेका थिए ।

संविधानसभामा बाख्रा ल्याएर काट्ने हो ?

एमाले अध्यक्ष ओलीले पहिचानसहितको संघीयता कुनै हालतमा हुन नसक्ने बताए । उनले तराईलाई पहाडमा मिलाएर प्रदेश बनाउन नहुने मधेसवादी दलहरुको माग पनि कुनै स्वीकार्य नहुने बताए ।

देशको अखण्डतामा कुनै सम्झौता हुन नसने भन्दै उनले भने-संविधान नबन्दा त यस्तो छ । भूगोलका आधारमा क्षेत्रीयता र जातीय संकीर्णतालाई ठाउँ दिने हो भने संविधानिक बाटोलाई कसले रोक्छ ?’

जातीय पहिचान र मधेसको मात्र छुट्टै प्रदेशको माग जनताको नभइ ‘सुपर बोस’बाट पालिएकाहरु भएको उनले बताए ।

दुई तिहाइ बहुमतबाट संविधान जारी गरे संविधानसभमा रक्तपात हुन्छ भन्ने धक्की आएको भन्दै ओलीले कसलाई भनेको भनी प्रश्न गरे । उनले भने-‘नचाहिने कुरो । बाख्रा ल्याएर काट्ने हो ?’

संघीयता केटाकेटीको भाँडाकुटी खेल नभएको भन्दै उनले भावावेशबाट नचल्न आग्रह गरे । अहिले संविधानसभा भवन भाडामा चलाउनुपरेको उदाहरण दिँदे उनले मुलुकले धेरै प्रदेश धान्न नसक्ने बताए ।

केही मान्छेलाई केही दिन मुख्यमन्त्री, गर्भनर बन्न भए पनि मुलुकले नधान्ने उनले बताए । उनले भने-‘परराष्ट्र मन्त्रालय त बिरालाले छाउरो सारेजस्तै कहिले कता कहिले कता सार्नु परेको छ । मन्त्री क्वाटर बनाउनु पर्‍यो ? कहाँबाट आउँछ पैसा ?’ ओलीले अघि भने-‘अखबार छाप्ने प्रेस जस्तो ठ्याप ठ्याप छाप्ने त होइन ।’

तयार भएनन् भने छुट्छन्

सहमतिका लागि आफूहरुले प्रस्ताव अघि सारेको भन्दै ओलीले सहमतिमा नआए छुट्ने बताए । समयभन्दा ढिला पुग्दा मानिसहरुले रेल छुट्यो भन्ने गरेको तर, आफू छुटेको हुने भन्दै एमाले अध्यक्ष ओलीले भने-‘संविधान बनाउन तयार भएनन् भने आफैं छुट्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment