Comments Add Comment

झारखण्डमा भाजपा, जम्मू कश्मीरमा त्रिशुंक विधानसभा

Bjp

८ पुस, नयाँदिल्ली । भारत प्रशासित जम्मू कश्मीरमा त्रिशंकु विधानसभा बनेको छ भने झरखण्डमा भारतीय जनता पार्टी बहुमत नजिक पुगेको छ ।

जम्मू कश्मीरमा कुनै पनि दलले सरकार गठनका लागि आवश्यक ४४ सिट जित्न सकेनन् । ८७ सदस्यीय विधान सभामा पीडीपीले २८ सिट जितेको छ भने भारतीय जनता पार्टीले २५ र नेशनल कांग्रेसले १५ सिट जितेको छ ।

कांग्रेस उम्मेदवार १२ सिटमा विजयी भएका छन् भने सात क्षेत्रबाट अन्य दलका उम्मेदवार विजयी भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाह सोनावरबाट पराजित भए । यद्यपि उनले बीरवाहबाट चुनाव जितेर आफ्नो शाख जोगाएका छ ।

उमर सरकारका उपमुख्यमन्त्री ताराचन्द पनि पराजित भएका छन् ।

झारखण्डमा भाजपा

झारखण्डमा भाजपा ३७ सिटका साथ ठूलो पार्टी बनेको छ । ८१ सदस्यीय विधानसभामा सरकार बनाउन ४१ सिट चाहिन्छ । अब भाजपाले साना दलको साथ लिएर बहुमतको सरकार बनाउन सक्ने छ ।

जेएमएम १८ सिटमा विजयी भएको छ भने कांग्रेस ५, जेवीएम ७ र अन्य ९ सिटमा विजयी भएका छन् । चार क्षेत्रको मतगणना भने जारी छ ।

झारखण्डका मुख्यमन्त्री एवं झारखण्ड मुक्ति मोर्चाका उम्मेदवार हेमन्त सोरन दुमकाबाट पराजित भए । उनी बरहेटबाट भने विजयी भएका छन् ।  पूर्वमुख्यमन्त्री एवं झारखण्ड मुक्ति मोर्चाका प्रमुख बाबुलाल मरान्डी सराइकेला खरसान्वा क्षेत्रबाट पराजित भएका छन् ।

झारखण्डको १४ वर्षको संक्षिप्त इतिहासमा नौ मुख्यमन्त्री बने भने तीन पटक राष्ट्रपति शासन लागू भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment