Comments Add Comment

मेस्सीलाई चेल्सीले किन्दैन : माउरिन्हो

messi

९ पुस, काठमाडौं । चेल्सीका प्रशिक्षक जोसे माउरिन्होले बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सीलाई स्टमफोर्ड ब्रिज ल्याउने सम्भावना अस्वीकार गरेका छन् ।

एक अन्तरवार्तामा माउरिन्होले मेस्सीलाई चेल्सीमा ल्याउने सम्भावना नरहेको प्रष्ट पारे । उनले भने-‘किनकी हामीले फाइनान्सियल फेयर प्लेको नियम मान्नुपर्छ ।’ उनले अघि भने-‘सुपर अमेजिङ प्लेयरलाई सुपर अमेजिङ नम्बर (रकम) मा ल्याउने योजना छैन ।’

हालै मात्र चेल्सीका मिडफिल्डर सेस फेब्रिगासले पूर्वटिममेट मेस्सी स्टमफोर्ड बि्रज आए आफू खुसी हुने बताएका थिए ।

फेब्रिगास र मेस्सीले बार्सिलोनामा केही सिजन एकसाथ खेलेका थिए ।

फेब्रिगास यो सिजन चेल्सी आएका छन् र चेल्सीले प्रिमियर लिगको शीर्ष स्थान बनाउनुमा उनको उत्कृष्ट प्रदर्शनको महत्वपूर्ण भूमिका छ ।

चेल्सीका प्रशिक्षक माउरिन्होले यो सिजन प्रिमियर लिगमा आफूहरु उपाधि दावेदार भएको बताए । चेल्सीले राम्रो फुटबल खेलिरहेको उनको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment