Comments Add Comment

रम्बो र मारिसाको प्रेम(फोटो फिचरसहित)

marisa
गीतकार उत्तम भौकाजीको शब्द र स्वरुपराज आचार्यको स्वर रहेको नयाँ एल्बम ‘मनमोहिनी’ को दोस्रो भिडियो चाडै सार्वजनिक हुँदैछ । नितिन चन्दको निर्देशन रहेको भिडियोमा रम्बो अधिकारी र मारिसाको मुख्य भुमिका छ । जुन भिडियो दर्शकलाइ मन पर्नेमा गीतकार भौकाजी एवं गायक आचार्य आशावादी छन् ।

‘हामीले पूर्विय र पाश्चात्य संगीतको फूयजन गराएर नयाँ शैलिका गीत बनाएका छौं, त्यसकारण पनि हाम्रो गीत स्रोतालाइ मन पर्ने छ’ गीतकार भौकाजीले अनलाइनखबरसँग कुरा गर्दै भने ।marisa-1

marisa-2

अष्ट्रोलियामा बस्दै आएका रम्बो र बलिउडमा फिल्म खेल्दै गरेकी मारिसाको जोडी भिडियोमा निकै खुलेको देखिन्छ । त्यसो त भौकाजी स्वयंले पनि यो भिडियोमा मोडलिङ गरेका छन् ।marisa-3

एल्बममा रहेका ५ गीत मध्ये एउटा गीतको भिडियो तीन महिना अघि नै निर्माण भएको थियो ।

रुप यौबन तिम्रो
फूल झै कोमल मन यो
छिनछिनमै पग्लिरहने
माया मा झन झन यो
मनमोहिनी मेरी संगीनी..
माथि प्रस्तुत बोलको गीतमा नरेन लिम्बुले निर्देशन गरेको भिडियोलाइ दर्शकले मन पराएका थिए । बाँकी सबै गीतको भिडियो बनाउने योजना रहेको गीतकार भौकाजीले बताए । ०४५ सालदेखी साहित्यमा कलम चलाउन थालेका भौकाजीले केही चलचित्रमा पनि गीत लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment