Comments Add Comment

गाउँमा फैलियो ‘सुत्ने महामारी’

rrrrrrrrrrr
मानिसहरु दिउसोमा काम गर्छन्, रातमा आराम गर्न सुत्छन् । तर काजकिस्तानको एउटा गाउँमा भने चार वर्षदेखि गाउँलेहरु दिनरात नै सुत्ने गरेका छन् ।
यो उनीहरुको रहर नभै बाध्यता हो । वास्तवमा काजकिस्तानको उत्तरी कालाती गाउँका मानिसहरुमा ४ वर्षदेखि दिउसोमा निदालउने रोग देखा परेको छ । जसका कारण गाउँलेहरु दिनभर सुत्न बाध्य छन् । दिउसो मात्र होइन रातमा पनि उनीहरु उसैगरि सुतिरहनु परेको छ ।
यो समस्या दिनदिनै बढ्दै गइरहेको छ । दिउसोमा निद्राको सिकार भैरहेका कालाचीका मानिसहरु अब बिर्सिने, थकाइ लाग्ने, उभिनै नसक्ने, वाकवाकी लाग्ने तथा अनौठो खाले व्यवहार समेत देखाउन थालेका छन् । गाउँका १४ प्रतिशत मानिस अर्थात् झण्डै ६ सय जनामा दिउसो निदाउने रोग देखा परेको छ । ६० जनालाई त अस्पताल भर्ना नै गर्नुपरेको छ ।
गाउँलेहरुमा के कारणले यस्तो समस्या उत्पन्न भैरहेको छ भन्ने कुराको पत्तो पाउन डाक्टरहरुले समेत सकिरहेका छैनन् । यसलाई स्लिपिङ इमिडेमिक अर्थात् सुत्ने महामारीको नाम दिइएको छ । यो समस्याबाट ग्रसित मानिसहरुको मस्तिष्कमा एक प्रकारको तरल पदार्थ पाइएको छ । तर यो तरल पदार्थ के हो ? कसरी बनेको हो र यसमा के रसायन छ ? भन्ने कुराको चुरो भने पत्ता लागिसकेको छैन ।
स्थानीय बासिन्दाहरु भने रुस तथा काजकिस्तानका युरेनियम खानीहरुका कारण मानिसहरुमा यस्तो समस्या देखिएको आरोप लगाएका छन् ।
तर वैज्ञानिकहरुले भने युरेनियम खानीमा काम गर्ने मानिसहरुमा त्यस्तो कुनै लक्षण नदेखिएको अवस्थामा टाढाको गाउँका मानिसमा यस्तो लक्षण देखिनुमा युरेनियमको असर रहेको भन्न सकिने अवस्था नरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment