Comments Add Comment

हिमालयन बैंकको २१ प्रतिशत लाभांस पारित

himalayan-bank_11111111111 ९ पुस, काठमाडौं । हिमालयन बैंकको २२औं वाषिर्क साधारणसभाले सञ्चालक समितिको सेयधनीलाई २१.०५ प्रतिशत लाभांस दिने प्रस्ताव पारित गरेको छ । बैंकको बुधबार सम्पन्न साधारणसभाले १५ प्रतिशत बोनस सेयर र ६.०५ प्रतिशत नगद लाभांस पारित गरेको हो ।

बोनस सेयर पारित भएसँगै बैंकको चुक्ता पुँजी ३ अर्ब ३३ करोड रुपैयाँ पुग्ने छ ।

सभामा बैंकमा अध्यक्ष मनोजबहादुर श्रेष्ठले बाषिर्क विवरण प्रस्तुत गरेका थिए । सभाले सर्वसाधारण सेयरधनीकातर्फबाट सुरेन्ऽ सिलवाललाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । बैंकले चालु बर्ष पाँच स्थानमा शाखा र ६ वटा एटिएम थप्ने अध्यक्ष श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment