Comments Add Comment

वाकयुद्धपछि बालुवाटारमा ओली र प्रचण्डको गोप्य भेट

९ पुस, काठमाडौं । सार्वजनिक रुपमा आरोप प्रत्यारोपमा उत्रिएका एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा गोप्य भेट भएको छ ।

फाइल फोटो
फाइल फोटो

प्रमुख चार दलका शीर्ष नेताहरुको बुधबार साँझ बसेको बैठकमा दलहरुबीच तिक्तता बढेको भन्दै विश्वासको वातावरण बनाउने सहमति भएको छ ।

चार दलीय छलफल लगतै ओली र प्रचण्डबीच झण्डै ४५ मिनेट गोप्य कुराकानी भएको हो ।

गत शनिबार बालुवाटार बैठक भाँडिएपछि ओली र प्रचण्डबीच सार्वजनिक रुपमै वाकयुद्ध सुरु भएको थियो, जुन चार दलको बैठक अघिसम्म जारी रहृयो ।

बालुवाटार जानुअघि ३० दलले गरेको पत्रकार सम्मेलनमा प्रचण्डले ओलीलाई राजतन्त्रको स्थान लिन खोजेको आरोप लगाएका थिए । मंगलबार चार दलको बैठकमै नगई ओलीले प्रचण्डलाई नाटकघरले किन लगेन भनेर टिप्पणी गरेका थिए ।

तर, बालुवाटार बैठकमा दुई नेताबीच सहज रुपमा छलफल भएको नेताहरुले बताएका छन् ।

चार दलको बैठकमा प्रधानमन्त्री सुशील कोइराला र प्रचण्डबीच पनि बेग्लै छलफल गर्ने तय भएको थियो । तर, समय अभावले बिहीबार विहान साढे ८ बजेका लागि सारिएको छ ।

प्रधानमन्त्री कोइराला र मधेसवादी दलका नेताहरुबीच पनि बिहीबार नै छलफल गर्ने तय भएको छ ।

बैठकपछि सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईले प्रमुख दलहरुबीच विश्वासको वातावरण बनेपछि बिहीबारबाट विषय केन्दि्रत छलफल गर्ने बताए । ‘दलहरुबीच बढेको तिक्तताले राजनीतिक समस्या समाधान नहुने भएकाले शीर्ष नेतालाई विषयवस्तुको पहिचान गर्न जिम्मा दिएका छौं’-उनले भने ।

एमाले वरिष्ठ नेता झलनाथ खनालले दलहरुबीच सहमतिको प्रयास जारी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment