Comments Add Comment

समलिंगीलाई करेन्ट नलगाउन अदालतको आदेश

samalangi
समलिंगी मानिसलाई करेन्ट लगाएर पुलिंगी वा स्त्रीलिंगी बनाउने उपचार विधिमाथि अदालतले रोक लगाएको छ । चीनको बेइजिङस्थित अदालतले समलिंगीलाई सामान्य मानिसमा परिणत गर्नका लागि विद्युत झट्का लगाउने थेरापीको प्रयोग गर्दै आएको एक मनोवैज्ञानिक उपचार केन्द्रमाथि त्यस्तो काम नगर्न आदेश जारी गरेको हो ।
एक जना समलिंगी पुरुषले उक्त केन्द्रमाथि हालेको मुद्दामा फैसला गर्दै अदालतले यस्तो आदेश जारी गरेको हो । समलिंगीलाई एक लिंगी बनाउने भन्दै आफुलाई करेन्ट लगाएको भन्दै यांग टेंग नामका ती समलिंगी पुरुषले उपचार केन्द्र र उक्त केन्द्रको सेवाबारे विज्ञापन प्रशारण गर्ने चिनिया सर्च इन्जिन बाइडु विरुद्ध मुद्दा हालेका थिए ।
आफ्ना अभिभावकले विवाह गर्न र बच्चा जन्माउन दबाब दिएपछि उनी गएको फेब्रुअरीमा उक्त उपचार केन्द्रमा गएका थिए । जहाँ उनलाई करेन्ट लगाइएको थियो । करेन्ट लगाउँदा आफुलाई मानसिक तथा शारीरिक क्षति पुगेको उनको दाबी छ ।
चीनमा समलिंगी सुधारको मामिलामा अदालतले एक समलिंगी पुरुषलाई उद्धार गरेको यो पहिलोपटक भएको बताइएको छ ।
बेइजिङको हैदियन जिल्ला अदालतले जिउमा करेन्ट लगाइएका ती समलिंगी पुरुषलाई क्षतिपूर्ति बापत ५६ करोड अमेरिकी डलर बराबरको रकम तिर्न समेत उक्त उपचार केन्द्रलाई आदेश दिएको छ ।
साथै अदालतले समलैंगिकतालाई कुनै उपचार गर्नु नपर्ने स्पष्ट पार्दै यसलाई करेन्ट लगाउनुको आवश्यकता नभएको बताएको छ ।
तर चोंगक्विङ सहरमा रहेको जिन्यू पिआओजियाङ समलिंगी उपचार केन्द्रको विज्ञापन प्रकाशित गरेको भन्दै बाइदुमाथि हालिएको मुद्दा भने खारेज गरिदिएको छ ।
बाइदुले भने आफुले उक्त उपचार केन्द्रको विज्ञापन प्रकाशन अन्जानमा गरेको बताउँदै सर्च इन्जिनबाट उक्त वेबसाइट हटाइदिएको छ ।
अदालतको फैसलाबाट समलिंगी अधिकारकर्मीहरु तथा समलिंगीहरु खुसी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment