Comments Add Comment

यी हुन् दुनियाकै लचकदार युवती, हेरौँ कसरी मर्काउँछिन् जिउ (फोटो कथा)

youbati 2
उनका यी तस्वीर हेर्दा बनाबटी तथा फोटोसप गरेर बनाइएका जस्ता लाग्न सक्छन् । मान्छे आकारको रबरको खेलौनालाई मर्याक मुरुक पो पारिएको हो की भन्ने लाग्न सकछ । तर भ्रममा नपर्नुस् । यी साँच्चीकैका तस्वीर हुन् । दुनियामा सबैभन्दा धेरै जिउ मोडेर विश्वकिर्तिमान कायम गरेकी २८ वर्षीया युवतीले सरीर कर्याक कुरुक पारेर यस्ता तस्वीर खिचाएकी छिन् की देख्नेलाई नै आश्चर्यमा पारिदिन्छिन् ।
हो, दुयिनाकै सबैभन्दा लचक जिउ भएकी यी किर्तिमानी युवती हुन् रुसकी जुलिया गुइन्थेल हुन् । आफुलाई ज्लाटा नामले चिनाउने यी २८ वर्षे युवतीले आफ्नो नयाँ वर्षको क्यालेन्डरका लागि तयार पारेका तस्वीरहरुमा सरीरलाई अविश्वसनीय रुपमा मोडेकी छिन् ।
कसिलो सुनौलो पहिरनमा रहेकी यी सुन्दरीको मुखाकृति निकै सुन्दर छ । तर जिउ भने डरलाग्दो गरी गुँडुल्किएको छ । कालो पृष्ठभूमिमा उनका असम्भव जस्ता लाग्ने पोजहरु देख्दा त्यो कुनै अमूर्त आधुनिक कलाको मूर्ति जस्तो देखिन्छ ।
जिउ मर्काउने मामिलामा विभिन्न खाले विश्व किर्तिमान राखेकी यी विश्वकै मोडदार युवतीले वर्षेनी आफ्नो यो क्षमतालाई आफ्नो क्यालेन्डर मार्फत समेत प्रस्तुत गर्ने गरेकी छिन् ।
उनको जिउ एकाएक यस्तो लचक भएको होइन । उनले ४ वर्षको उमेरदेखि नै जिउलाई यसरी मोड्न थालेकी रहेछिन् । ५ फिट ८ इन्च अग्ली ज्लाटा हाल जर्मनीमा बस्दै आएकी छिन् । आफ्नो जिउको लचकता कायम गर्न उनले दिनहुँ यस्तो अभ्यास गर्छिन् ।
क्रिसमसको शुभकामना दिँदै ज्लाटाले आगामी वर्ष आफुले अझै सरप्राइज लिएर आउने बाचा समेत गरेकी छिन् ।

youbati 1 youbati 3 youbati 4 youbati 5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment