Comments Add Comment

मधेसमा क्रिश्चियनको प्रभाव कमजोर (सूचीसहित)

१० पुस, काठमाडौं । नेपालमा क्रिश्चियन धर्म जनसंख्याको हिसाबले पाँचौं स्थानमा पर्छ । तर, पछिल्ला दिनमा क्रिश्चियन धर्मावलम्बीको प्रभाव विस्तार हुँदै गएको तथ्यांकले स्पष्ट पारेको छ ।

crismasजनगणना ०५८ अनुसार नेपालमा १ लाख १ हजार ५ यस २० जना क्रिश्चियन थिए । ०६८ सालको जनगणनासम्म आइपुग्दा यो संख्या तेब्बर बढेर ३ लाख ७५ हजार ६ सय ९९ पुगेको छ ।
जनसंख्याको हिसाबले नेपालमा हिन्दु, बौद्ध, इस्लाम र किरातपछि क्रिश्चियन धर्मावलम्वीहरु आउँछन् ।

मधेसी समुदायमा क्रिश्चियनको प्रभाव कमजोर

विशेष गरी हिन्दु धर्म र जातीय भेदभावले आक्रान्त रहेको मधेसी समाजमा क्रिश्चियनको प्रभाव नगन्य रहेको तथ्यांकले देखाएको छ । मधेसमा मस्लिम र हिन्दु दुबै धर्मको प्रभाव बलियो रहेकाले क्रिश्चियनहरु पस्न नसकेको देखिन्छ ।

तथ्यांक अनुसार ०५८ को जनगणना अनुसार सप्तरीमा ६९ र सिरहामा १३३ जना मात्रै क्रिश्चियन देखाइएको थियो । ०६८ को जनगणनामा यो संख्या क्रमशः ३ सय र ३५३ मात्र छ ।

त्यस्तै पछिल्लो जनगणना अनुसार धनुषामा ६ सय ५२ र महोत्तरीमा ८ सय ७८ जना मात्रै क्रिश्चियन रहेको देखाइएको छ । सर्लाहीमा पहाडे समुदायको बाक्लो बसाइसँगै क्रिश्चियनको संख्या १७ सय ५२ पुगेको तथ्यांकमा उल्लेख छ । मधेसी बाहुल्य रौतहट, बारा र पर्सामा हजार/पन्ध्र सयको हाराहारीमा मात्रै क्रिश्चियन छन् ।

जहाँ पहाडे, त्यहाँ क्रिश्चियन बढी

मिथिला र भोजपुरामा क्रिश्चियनको प्रभाव न्यून देखिए पनि पहाडे समुदायको बाहुल्य रहेको झापा, मोरङ र सुनसरीमा ११ देखि १५ हजारसम्म क्रिश्चियनहरु छन् । ०५८ को तुलनामा यो दोब्बर संख्या हो ।

त्यस्तै चितवनमा १९ हजार, कैलालीमा १४ हजार र कञ्चनपुरमा ११ हजार क्रिश्चियन छन् । यी जिल्लामा क्रिश्चियनको प्रभाव बढिरहेको देखिन्छ ।

उपत्यका वरिपरि घेराबन्दी

क्रिश्चियन धर्मावलम्बीहरु उपत्यका र वरिपरिका जिल्लामा निकै बढेका छन् । ०५८ सालमा काठमाडौंमा साढे ८ हजारको संख्यामा रहेका क्रिश्चियन धर्मावलम्बीहरु ४० हजारमा पुगेका छन् ।

त्यस्तै ललितपुरमा पाँच हजारबाट बढेर २३ हजार पुगेको छ भने भक्तपुरमा ७ सयको संख्यामा रहेका क्रिश्चियनहरु बढेर ६ हजार हाराहारीमा पुगेका छन् ।

उपत्यका वरिपरि धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर र रसुवा लगायतका जिल्लामा क्रिश्चियनको संख्या बढेको छ ।
किरात धर्मावलम्बीको बाहुल्य रहेका पूर्वी पहाडका जिल्लामा पनि क्रिश्चियन बढेको तथ्यांकले देखाएको छ ।

पश्चिमी जिल्लामा कमजोर प्रभाव

विसं. ०५८ को जनगणनामा कालिकोटमा एक जना पनि क्रिश्चियन नरहेको देखाइएको थियो । तर, ०६८ को जनगणना अनुसार ७५ जिल्लामा क्रिश्चियन धर्मावलम्बीहरु पुगिसकेका छन् । ०५८ सालमा हुम्लामा १ जना, मुगुमा ३ जना र डोल्पामा ४ जनामात्रै क्रिश्चियन धर्मावलम्बीहरु थिए । त्यस्तै दार्चुलामा ४ जना र बझाङमा ६ जनामात्रै क्रिश्चियन थिए । अहिले ती जिल्लामा सयभन्दा बढीको संख्यामा पुगेका छन् ।

यद्यपि देशका अन्य भागको तुलनामा भेरी कर्णालीमा क्रिश्चियनको संख्यामा खासै बढोत्तरी भएको देखिन्न । दलित समुदायको बाहुल्य रहेको जाजरकोटमा भने केही बढेको देखिएको छ ।

पहाडे समुदायको बाहुल्य रहेको सुर्खेत, कैलाली, कञ्चनपुर, बाँके र बर्दिया लगायतका पश्चिमी तराईमा क्रिश्चियन धर्मावलम्बीको उल्लेख्य वृद्धि भएको छ ।

१० वर्षमा कति बढे क्रिश्चियन ?

क्र.सं जिल्ला ०५८ साल ०६८ साल कैफियत
ताप्लेजुङ ७२९ १८७३
पाँचथर ८७३ ३०३६
इलाम १६०१ ७२५२
झापा ४८२४ १५७४३
संखुवासभा ९९९ २३३१
तेह्रथुम ५२० १०४१
भोजपुर ४४१ ९८४
धनकुटा १२२८ २९१०
मोरङ ७२६३ १५८४९
१० सुनसरी ४७३२ ११३७९
११ सोलुखुम्बु ८८८ २३४३
१२ खोटाङ २०८३ ४३१८
१३ ओखलढुंगा ५८८ १३६३
१४ उदयपुर २३०९ ७५८९
१५ सप्तरी १३३ ३००
१६ सिरहा ६९ ३५३
१७ दोलखा ५३४ ३०४१
१८ रामेछाप ९१३ ३१८८
१९ सिन्धुली ५४८ २८९७
२० धनुषा २३० ६५२
२१ महोत्तरी २०५ ८७८
२२ सर्लाही ४९८ १७५२
२३ रसुवा ५४१ १८६२
२४ धादिङ ११४३४ २१२४३
२५ नुवाकोट १४८१ ४४६२
२६ काठमाडौं ८५८२ ४०५९२
२७ ललितपुर ५६३४ २३४८९
२८ भक्तपुर ७९५ ५९८८
२९ काभ्रे ११२८ ६७८६
३० सिन्धुपाल्चोक ९२३ ५२८०
३१ मकवानपुर ८१२९ २०३५४
३२ रौतहट २०९ १०४९
३३ बारा ४८२ १६२१
३४ पर्सा ३०१ ७५३
३५ चितवन ३६१४ १९६८२
३६ गोरखा २२६२ ८८६०
३७ मनाङ २८ ९३
३८ लमजुङ ६४४ ३०००
३९ कास्की ३०१६ १०५३८
४० तनहुँ ९५८ ५४६७
४१ स्याङ्जा २११ ५८२
४२ गुल्मी ११३ ५६२
४३ पाल्पा ३९० २२९४
४४ अर्घाखाँची ३३ २१८
४५ नवलपरासी ३६११ १११८०
४६ रुपन्देही १५०१ ५८२४
४७ कपिलवस्तु १२० १११५
४८ मुस्ताङ ४९ १५२
४९ म्याग्दी ३६० १५१३
५० बाग्लुङ २५८ १६८३
५१ पर्वत १०८ ६६६
५२ रुकुम ४०७ ३३१७
५३ रोल्पा २८७ ३८७१
५४ प्युठान २६ ५५४
५५ सल्यान २०० ३११४
५६ दाङ ६४० ७४३१
५७ डोल्पा १४०
५८ मुगु ११३
५९ जुम्ला १११ ७१४
६० कालीकोट १३८
६१ हुम्ला १००
६२ जाजरकोट ८६ १४९१
६३ दैलेख ७६ १२०१
६४ सुर्खेत २०१९ १२०२२
६५ बाँके १३७२ ६४६६
६६ बर्दिया १५३१ ९२४१
६७ बाजुरा ६१ ८२
६८ अछाम ४२ ३४४
६९ बझाङ ५१
७० डोटी ४७ २७३
७१ कैलाली २१२६ १४४९३
७२  दार्चुला ७४
७३ बैतडी ४३ ५४
७४ डडेलधुरा १७१ ४७३
७५ कञ्चनपुर ३५९० ११९६२
कूल ७५ जिल्ला १०१५२० ३७५६९९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment