Comments Add Comment

२०१४ मा पनि ३ खानकै वर्चस्व, २ सय करोडमा खान मात्र

srk-salman-and-aamir
सन् २०१४ को समाप्तीसँगै बलिउडमा विभिन्न खालका समिक्षा सुरु भएका छन् । बलिउडलाई यो बर्ष व्यापारिक हिसाबले कमजोर मानिएको छ । यो बर्ष बलिउडमा १६१ वटा चलचित्र प्रदर्शनमा आएको देखिन्छ । जसमध्ये केहीले मात्र गतिलो व्यापार गरेका छन् ।

यो बर्ष पनि बलिउडमा ३ खानकै बर्चस्व देखियो । विशेषगरि, साहरुख, सलमान र आमिर खानका चलचित्रले अन्य कलाकारका चलचित्रलाई उछिनेका छन् । बलिउडमा सबैभन्दा छिटो एक सय करोड कमाउने मामला होस् या ३ दिनको विकेण्ड व्यापार नै किन नहोस्, खानहरुकै वर्चस्व देखियो ।
साहरुख खानले अभिनय गरेको चलचित्र ‘ह्याप्पी न्यू इयर’ले २०४ करोडको व्यापार गर्‍यो । यो चलचित्रले पहिलो दिनमा ४४.९७ करोड र ३ दिनमा १०८ करोड कमाउँदै नयाँ व्यापारको रेकर्ड राख्यो ।

यता, सलमान खानको ‘जय हो’ ले आंशिक व्यापार गरेपनि एक सय करोडको क्लबमा प्रवेश भने गर्‍यो । यो चलचित्रले १११ करोड कमायो । सलमानकै अर्को चलचित्र ‘जय हो’ले २३३ करोड कमायो । यता, आमिर खानको यो बर्षको अन्त्यमा प्रदर्शनमा आएको ‘पीके’ले व्यापारको नयाँ रेडर्क बनाउँदैछ । यो चलचित्र पनि एक सय करोड क्लबमा ४ दिनमा प्रवेश गरेको छ ।

बलिउडमा यो बर्ष अजय देवगण सामान्य चले । उनको ‘सिंघम रिटन्स’ले १ सय करोड माथिको व्यापार गर्‍यो भने ‘एक्सन ज्याक्सन’ असफल देखियो । । रणवीर कपुरको कुनै पनि चलचित्र प्रदर्शनमा आएन । अक्षय कुमारको ‘होलिडे’ले एक सय करोड माथिको व्यापार गरेपनि अन्य चलचित्र खासै सफल मानिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment