Comments Add Comment

बलिउडमा व्यापार घटेपनि सय करोड क्लबमा ९ फिल्म (तालिकासहित)

100 coror
सन् २०१४ को अन्त्यमा आइपुग्दा सम्म बलिउडले ९ वटा सय करोड माथिको व्यापार गर्ने चलचित्र पाएको छ । यो गतबर्षको भन्दा एकले बढी हो । गतबर्ष ८ वटा चलचित्रले बलिउडमा सय करोड क्लबको आँकडा पार गरेका थिए ।

यो बर्ष सलमान खानका २, साहरुख र आमिरका १-१ चलचित्रले सय करोड क्लबलाई पार गरेका छन् । यस्तै, ऋतिक रोशन, अजय देवगण, अक्षय कुमार, सिद्धार्थ मल्होत्रा र अर्जुन कपुरका चलचित्रले पनि सय करोड क्लबलाई पार गरेका छन् ।

यो बर्ष बलिउडका ३ खानको चलचित्रले २ सय करोड छुने देखिन्छ । साहरुख र सलमानले यो आँकडा पार गरेका छन् भने आमिर खानको ‘पीके’ यो दौडमा नजिक पुग्दैछ ।

नोभेम्बर र डिसेम्बर महिनाको मध्यसम्म प्रदर्शनमा आएका सबै चलचित्र असफल हँुदा बलिउडलाई ठूलो घाटा लागेको विश्लेषकहरु बताउँछन् । यो बर्ष अपेक्षा गरेका केही चलचित्र नराम्रोसँग चिप्लिए । साहरुख खानको ‘ह्याप्पी न्यू इयर’, सलमान खानको ‘जय हो’ले निर्मातालाई नाफा दिएपनि अपेक्षा गरे अनुसारको व्यापार गर्न सकेनन् ।

अजय देवगणको ‘एक्सन ज्याक्सन’, रणवीर सिंहको ‘किल दिल’, सैफअली खानको ‘ह्याप्पी इन्डिङ’ बक्स अफिसमा फेल खाए । यसले पनि डेढ महिना वितरक र हलवालाहरु निराश देखिएका थिए ।

बलिउडमा यो बर्ष १ सय ६० माथि चलचित्र प्रदर्शनमा आएका छन् । जसमध्ये ९ चलचित्रले सय करोड माथिको व्यापार गरेको छन् । गतबर्ष सय करोड माथिको व्यापार गर्ने चलचित्र यसप्रकार छन् :
१.धुम ३
२.क्रिस ३
३.चेन्नइ एक्सप्रेस
४.ए जवानी हे दिवानी
५.रामलिला
६.भाग मिल्खा भाग
७.ग्रान्ड मस्ती
८.रेश २

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment