Comments Add Comment

‘कविता जस्तो कवि होस्…भूपिको धन्य होस्’

प्रकृति, प्रेम, राष्ट्रियता र क्रान्तिकारी चेतनालाई साहित्यमा उतार्नेर् कवि भूपी शेरचन र नेपाली आधुनिक कलाका पिता लैनसिंह वाङ्देललाई उहाँहरूको ९० औँ जन्मजयन्तीका अवसरमा कविहरुले सम्झना गरेका छन् ।

साहित्य र कलाको सो मिश्रणले क्रिस्ममस दिवसलाई पनि नयाँ ढङ्गले मनाएको भान हुन्थ्यो । वाङ्डेलका भौतिक, आध्यात्मिक, राजनीतिक र नेपाली जनजीवन झल्कने कला र उहाँका शिष्यलाई वरिपरि राखेर कविहरूले आफ्ना रचना प्रस्तुत गरेका थिए ।

महाकवि देवकोटा साहित्य प्रतिष्ठान नेपालद्वारा नेपाल कला परिषद्को सभाकक्षमा आयोजित विशेष कवि गोष्ठीमा कविता वाचन गर्दै कविहरुले उहाँहरुको प्रसिद्धि र कला व्यक्तित्वको परिचर्चा गरे । कवि भूपीकै तस्बिरमा सभापति बनाई आयोजित कार्यक्रममा कवि श्याम रिमालले उनको जीवनका विविध आयामका बारेमा जानकारी गराए ।

भूपीको कवित्वको बारे चर्चा गर्दै प्रतिष्ठानका संयोजक रत्ननिधि रेग्मी ‘शुक्राचार्य’ले भने-“कविता जस्तो कवि होस्, कवि कविता जस्तो होस्, सम्झना गरौं भूपीको आज जीवन धन्य होस् ।”

कार्यक्रममा साहित्यकार शैलेन्द्र साकारले ‘भूपीको दाहसंस्कार’ शीर्षक कविता सुनाउँदै क्रान्तिचेत र परिवर्तनको भावनालाई जनशैलीमा प्रस्तुत गर्न सक्ने भूपीलाई अद्भूत मानवको संज्ञा दिए । साहित्य र कलालाई जनबोलीमा उतार्ने अद्भूत क्षमता रहेका भूपीमा आत्मविश्वास प्रचुर रहेको उनको भनाइ थियो ।

कला परिषद्का महासचिव तथा भूपीका क्रिकेट साथी वरिष्ठ इन्जियिर शङ्करनाथ रिमालले भूपीको सन्दर्भ जोड्दै भने” द्रष्टा नभई स्रष्टा हुँदैन, भूपीमा ती दुवै गुण रहेको थियो ।”

गोष्ठीमा नेपालको वर्तमान राजनीतिक अवस्था, राजनीतिक नेतृत्वले जनताका पक्षमा गर्न नसकेको काम तथा बढ्दो सङ्क्रमण कालको समेत कविताका माध्यमबाट चर्चा गरिएको थियो । जनताका कवि भूपीको साहित्यिक र वाङ्देलको कलाले नै नेपालको परिचय विश्व जगत्मा दिएको भन्दै कार्यक्रममा उहाँहरुको आदर्श र सपनालाई साकार पार्नु आजको अपरिहार्य आवश्यकता रहेकामा जोड दिइएको थियो ।

त्यसमध्येका एक कवि नवराज पराजुलीले पछिल्ला दिनमा बढ्दै गरेको महिला हिंसा र चेलीहरुले भोगेका दर्दनाक पीडालाई कविताका माध्यममार्फत प्रस्तुत गरे । आत्मस्वाभिमान र गौरवगाथालाई शब्दमा व्यक्त गर्ने अर्की कवि तिलस्मी प्रभासले आफ्ना भावना यसरी व्यक्त गरिन्,

‘मैले चाहे चट्टानलाई पगाल्दिन सक्छु
समुद्रलाई पनि बलाइ दिन सक्छु ।’

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment