Comments Add Comment

भेँडाको सहयोगमा गाउँगाउँमा वाइफाइ !

cute-sheeps-3 copy copy
विश्वका दुर्गम तथा ग्रामीण क्षेत्रहरुमा उन्नत स्तरको इन्टरनेटको पहुँच पूराउने सोँचका साथ एकजना बेलायती शोधकर्ताले निकै व्यवहारिक पद्धतिहरुको प्रयोग गर्दैछन् । ती व्यवहारिक तथा सजिलो उपायहरु मध्ये एउटा उपाय रोचक पनि छ । त्यो हो, भेँडाको जिउमा वाइफाइ हटस्पट राखेर गाउँमा वाइफाइको सुविधा पुर्‍राउनु ।

ल्यान्चेस्टर विश्वविद्यालयका प्राध्यापक गोर्डन ब्लेयरले वेल्सको कनवेमा आफ्नो यो अवधारणा कार्यान्वयनका लागि इन्जिनियरिङ तथा भौतिक विज्ञान अनुसन्धान परिषदबाट २ लाख ६७ हजार ९० अमेरिकी डलरको आर्थिक सहायता समेत प्राप्त गरिसकेका छन् ।

भेँडाको पिठ्युँमा सेन्सर राख्नेदेखि लिएर उनका रोचक आइडियाहरुमा नदीको किनारामा सेन्सर राख्ने र सेन्सरको माध्यमबाटै वर्षाको अनुगमन गर्ने सम्मको रहेको छ ।

ब्लेयरको अनुसन्धानले कृषि तथा बाढिजन्य समस्याको सम्बोधनमा सहयोग पुर्‍राउने बताइएको छ । साथै जनावर र वातावरणको अनुगमन गर्न सेन्सरको प्रयोग गर्ने यो जुक्तिले मानिसहरुलाई स्वतः इन्टरनेटको पहुँच समेत उपलब्ध गरानेछ ।

भेँडाको पिठ्युँमा सेन्सर राखिएमा किसानहरुलाई आफ्ना भेँडाहरु दिउँसो चर्ने बेलामा कता पुगेका छन् भन्ने कुरा थाहा पाउन सजिलो हुनेछ । यसले भेँडाको अनुगमन गर्न त सघाउने छ नै, भेँडाको पिठ्युँमा राखिने वाइफाइ हट स्पट सेन्सरले आसपासका मानिसहरुलाई वाइफाइ इन्टरनेट चलाउन समेत सेवा उपलब्ध गराउनेछ ।

एक अध्ययन अनुसार विश्वका ४ अर्ब ४० करोड मानिसमा इन्टरनेटको पहुँच छैन । इन्टरनेटको पहुँच नभएका मानिसमध्ये ६४ प्रतिशत गाउँमा बस्ने गरेका छन् । गाउँमा बस्ने धेरै मानिसमा इन्टरनेटको पहुँच नभएको अवस्थामा भेँडाको पिठ्युँमा वाइफाइ जडान गर्ने योजना सफल भएमा त्यसले ठूलो जनसंख्यालाई इन्टरनेटको पहुँचमा ल्याउने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment