Comments Add Comment

शाओमीको नक्कल गरेपछि हुवावेको बिक्रि ह्वात्तै बढ्यो

Huawei
आफ्ना उत्पादनको बिक्रि र प्रचारका लागि अनलाइन प्लाटर्फमको प्रयोग गर्ने प्रतिस्पर्धी कम्पनी शाओमीको नक्कल गरेसँगै चीनको हुवावे टेक्नोलोजीले समेत आफ्ना स्मार्टफोनको बिक्रिलाई नाटकीय बृद्धि गर्न सफल भएको छ ।
‘अनलाइन वन्ली’ रणनीतिको अख्तियारसँगै हुवावेले आफ्ना सस्तो मूल्यका अनर ब्राण्डका स्मार्टफोनको बिक्रि एकै वर्षमा १० लाखबाट २ करोड पुर्‍याउन सफल भएको छ ।
सफलताको यो प्रारम्भिक लक्षणले शाओमीको जस्तै अभूतपूर्व वृद्धिको नक्कल गर्न सकिने आशा हुवावेका कार्यकारीहरुले लिएका छन् । सानो कम्पनीको रुपमा स्थापित भएको शाओमी केही वर्षमै विश्वका उत्कृष्ट पाँच स्मार्टफोन कम्पनीभित्र पर्न सफल भएको थियो । शाओमीको सफलतालाई सस्तो स्मार्टफोन निर्माण गर्ने अन्य चिनियाँ कम्पनीहरुले नजिकबाट अध्ययन गरिरहेका छन् ।

AH-Huawei
तर कम मूल्यको रणनीतिले चीनमा मूल्य युद्ध बढाउनुका साथै मुनाफाको सीमा घटाएको र त्यसले अन्ततः स्मार्टफोन कम्पनीहरुको मुनाफालाई खुम्च्याउने विश्लेषकहरुले बताएका छन् ।
अनर ब्राण्डका अध्यक्ष जेफ लिउले अनलाइन विक्री रणनीतितर्फ कम्पनीको संक्रमण आपूर्ति खर्च न्यूनिकरण गरी प्रतिस्पर्धी मूल्य कायम गर्न अपरिहार्य रहेको बताएका छन् ।
अघिल्लो हप्ता अनर सिक्स प्लस स्मार्टफोन सार्वजनिक गरेका लिउले स्मार्टफोन उद्योगको परम्परागत च्यानललाई इ कमर्शले उल्लेखनीय रुपमा परिवर्तन गरेको दाबी गरेका छन् ।
अनर स्मार्टफोनमा गएको डिसेम्बरबाट हुवेइ ब्राण्डको नाम हटाएर अनरकै ब्राण्डबाट स्मार्टफोन उत्पादन तथा बिक्रि सुरु गरिएको हो । अनर स्मार्टफोन अहिले ब्राजिलदेखि बेल्जियम सम्मका अन्तराष्ट्रिय बजारका साथै एसियाका विभिन्न देशमा समेत बिक्रि हुँदै आएको छ । यसले आफ्ना स्मार्टफोन बिक्रिका लागि जेडी डट कम तथा फि्लपकार्ट जस्ता अनलाइन प्लेटर्फमको प्रयोग गर्ने गरेको छ ।
शाओमीको अनलाइन नीतिलाई नक्कल गर्नेमा हुवेइ मात्र एक्लो चिनियाँ स्मार्टफोन निर्माता होइन । लेनोभोले आफ्ना विभिन्न डिभाइसहरु अनलाइनबाट मात्र बेच्ने घोषणा गएको अक्टोबरमै गरेको थियो ।
-रोयटर्स

huewai

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment