Comments Add Comment

किमको न्यूडदेखि साहरुख-सलमानको अंकमालसम्म

कलाकार मात्रै यस्ता पात्र हुन्, जसलाइ चर्चामा आउनका लागि राम्रो नराम्रो जे गर्न पनि छुट छ । गएको वर्ष कतिले राम्रो काम गरेका कतिले नराम्रो ? विश्लेषण आगामी दिनमा हुँदै गर्ला तर, ‘इण्डिया टुडे’ ले केही यस्ता तस्बिर सार्वजनिक गरेको छ । जुन तस्बिरको वर्षभरि निकै धेरै चर्चा भयो ।

srk-salman-kisses-arpita
शाहरुख र सलमानको दोस्ती
शाहरुख खान र सलमान खान विच सम्बन्ध राम्रो छैन भन्नेहरुका लागि केही दिन वास्तवमै चामत्कारिक भयो । सलमान खानकी बहिनी अर्पिताको बिबाह समारोहमा  सलमान र शाहरुखले केही नाटकिय र अविश्मरणीय क्षणको सामना गरे ।

शाहरुख र सलमानले अर्पितालाइ चुम्बन गर्दै आर्शिवाद दिएको दृष्यले आम दर्शकको ध्यान मात्रै तानेन, यो तस्बिर सार्वजनिक भएपछि धेरैले अनुमान गरे शाहरुख र सलमानको सम्बन्ध सुधि्रयो ।

यति सम्मकी अहिले तीन खान एउटै फिल्ममा देखिने कुरो मिडियामा खुब छाएको छ । जुन कुरालाइ उनीहरुले पनि आंंशिक रुपमा स्वीकार्दै आएका छन् ।

srk-salman-and-aamir-in-one
२१ वर्षपछि तीन खान
अमिर खान, शाहरुख खान र सलमान खानलाइ एउटै फिल्ममा देखाउन पाए गजब हुन्थ्यो भन्नेहरु धेरै छन् तर, तीन खानलाइ एउटै मञ्चमा उतार्ने हिम्मत समेत कसैले गर्न सकेका छैनन् ।

टेलिभिजन कार्यक्रम ‘आपकी अदालत’मा तीन खानलाइ एउटै मञ्चमा उपस्थित गरायो  । बलिउड फिल्मकर्मीका अनुसार  यसरी तीन खान एउटै मञ्चमा उपस्थित भएको २१ वर्षपछि हो ।

कार्यक्रम सञ्चालक रजत शर्मासँग साक्षात्कार गरेका तीन खानले सलमान खानको एउटा गीतमा नृत्य समेत गरे ।

birat-kisses-anuska
बिराटको हावामा चुम्बन
क्रिकेटर बिराट कोहली र नायिका अनुश्का शर्माको सम्बन्धका विषयमा पनि राम्रै चर्चा भयो यो वर्ष । श्रीलंका बिरुद्ध पचास रन बनाएपछि प्याराफिटमा बसेकी अनुश्का शर्मालाइ बिराटले फ्ल्याइङ किस दिएका थिए । जुन तस्बिरले निकै धेरै चर्चा पाएको थियो ।
srk and abram
बाउ भन्दा छोरा चर्चित
शाहरुख खानका कान्छा छोरा अब्राहम खान बाबु भन्दा पनि चर्चित भए । शाहरुखले आफ्नै ट्वीटर एकाउण्टमा छोरालाइ काखमा लिंदै गरेको तस्बिर सार्वजनिक गरेका थिए । जुन तस्बिर धेरैले मन पराएका थिए । कारण यसरी कान्छा छोरालाइ काखमा लिएको तस्बिर पोहिलो पटक पोष्ट गरेका थिए साहरुखले ।

amitav-kissses
अमिताभको चुम्बन
गएको वर्ष अमिताभ बच्चन पनि चुम्बन प्रकरणले चर्चामा आए । मुम्बइमा आयोजित एक अवार्ड समारोहमा श्रीमती जया बच्चनलाइ उनले चुम्बन गरेका थिए ।

सुटमा सजिएका अमिताभ र साडीमा गएकी जयाको चुम्बनलाइ प्रसंसकले निकै सकारात्मक रुपमा टिप्पणी गरेका थिए । अमिताभले खुसी आधाआधा बाँड्नका लागि चुम्बन गरेको भन्ने भनाइ निकै मन पराएका थिए उनका प्रसंसकले ।

angelina-family
जोलीको बेहुली पोज
ब्राण्ड पिट र एन्जेलिना जोलीको बिबाह भएको केही वर्ष बिते पनि उनीहरुको बैबाहिक समारोह झल्किने तस्बिर सार्वजनिक भएको थिएन । यसै वर्ष एउटा तस्बिर सार्वजनिक भयो, जहाँ उनी बेहुलीले लाउने पोशाकमा थिइन् भने उनका केटाकेटी पनि साथमै थिए ।

kim-nude
किमको नग्न तस्बिर
किम कार्दाशिनी र कान्य वेष्टको बिबाहको तस्बिर गएको वर्ष इन्टरनेटमा सबै भन्दा धेरै हेरिएको तस्बिरको रुपमा चिनिन्छ । रियालिटी शो स्टार किमको नग्न जस्तो देखिने तस्बिरले निकै चर्चा पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment