Comments Add Comment

चीनले भन्यो-नेपाल दक्षिण एशियाको पुल बनोस्

wang-YI-Foreign-Minister-of-china

११ पुस, काठमाडौं । चीनले दक्षिण एशियासँग आफूलाई जोड्न नेपाल भरपर्दो पुल बन्न सक्ने प्रष्ट पारेको छ । परराष्ट्रमन्त्री महेन्द्रवहादुर पाण्डेसँग दुई पक्षीय औपचारिक वार्तापछि आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेशमन्त्री वाङ यीले चीनको तर्फबाट यस्तो धारणा अघि सारेका हुन् ।

चिनियाँ विदेशमन्त्रीले भने-‘नेपाल चीनलाई दक्षिण एसियासँग जोड्न पुल बन्न सक्छ । नेपाल र चीनको सम्बन्ध अटूट र घनिष्ठ छ ।’

विश्वका पहिलो आर्थिक शक्ति बनेको चीनले एशियाकै अर्को ठूलो अर्थतन्त्र भारतलाई पनि नेपाल सम्बन्धबाट अलग राख्न नचाहेको संकेत विदेशमन्त्री यीले दिए ।

पत्रकार सम्मेलनमा उनले नेपाल, चीन र भारतको सम्बन्ध अन्योन्याश्रित रहेको बताए । चीनले नेपालको विकासका लागि भारतसँग पनि उत्तिकै मिलेर काम गर्न सुझाव दिँदै आएको छ।

नेपाल र चीनबीच दौत्य सम्बन्ध शुरु भएको ६० वर्ष पूरा भएको सन्दर्भमा ६० औं वर्षगाँठ भव्य रुपमा मनाउने घोषणा समेत उनले गरे ।

यसैबीच चीनले नेपालललाई ८ मिलियन यूआन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । यसअघि दिँदै आएको आर्थिक सहयोगमा चीनले बृद्धि गरेको हो ।

चीनले नेपालका बिभिन्न नौ क्षेत्रमा लगानी गर्ने सहमति भएको बैठकपछि परराष्ट्रमन्त्री महेन्द्रवहादुर पाण्डेले जानकारी दिए ।

वाङ यीले शुक्रबारै बिभिन्न राजनीतिक दलका नेताहरुसँग छलफल गर्दैछन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको विषयमा पनि छलफल हुने स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment