Comments Add Comment

एनआरएनको ३० करोड लगानीमा खुल्यो रुपाकोट रिसोर्ट

Rupakot-Resort-Pokhara-2
११ पुस, पोखरा । गैरआवासीय नेपालीको लगानीमा कास्कीको रुपाकोटमा सुविधासम्पन्न रिसोर्ट खुलेको छ ।

बेल्जियममा २० वर्षदेखि व्यवसाय गरिरहेका पुष्प अधिकारीको ३० करोड रुपैयाँ लगानीमा खुलेको रुपाकोट रिसोर्ट गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र बेल्जियमका टिलविङ नगरका मेयर रुडी बेइकनले शुक्रबार संयुक्तरुपमा उद्घाटन गरे ।

रिसोर्टको उद्घाटन गर्दै अध्यक्ष घलेले नेपालको आर्थिक बृद्धिका लागि पर्यटन लगायतका दीर्घकालिन क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई आह्वान गरे ।

‘होटल क्षेत्रमा लगानी गर्दा नेपालको अर्थतन्त्रमा बहुआयामिक प्रभाव पर्छ’ अध्यक्ष घलेले भने- ‘आफ्नै गाउँठाउँमा रोजगारी सिर्जना गर्न पाउनु हामी एनआरएनहरुका लागि भाग्य र गौरवको कुरा हो ।’

बेल्जियमको टिल विङ नगरका मेयर बेइकनले युरोपेली पर्यटकहरु हिमाल हेर्न नेपाल आउने भन्दै रुपाकोट रिसोर्टले युरोपेली पर्यटकलाई आर्कषिर्त गर्ने बताए ।

Rupakot-Resort-Pokhara

‘पुष्पलाई बेल्जियममा नपुग्दो केही थिएन तर, उनी जोखिम मोलेर आफ्नै गाउँमा रिसोर्ट खोल्न फर्किए, यसले नेपालमा आर्थिक सम्बृद्धिका लागि बाटो खोल्नेछ’- उनले भने ।

रुपाकोट रिसोर्टका अध्यक्ष पुष्प अधिकारीले आफुले १५ बर्षदेखि देखेको सपना पुरा भएको बताए । निर्माणका क्रममा धेरै कठिनाई भोगेपनि स्थानीयबासीसँगको सहकार्यमा आफुले समयमै रिसोर्ट संचालन गर्न पाएकोमा सन्तोष ब्यक्त गरे ।

प्रकृति, सम्पदा र सुबिधाको संयोजन

रुपाकोट रिसोर्टले प्रकृति, सुबिधा र सम्पदाको संयोजनसहित पर्यटकलाई स्वागत गर्ने उनले अध्यक्ष अधिकारीले जानकारी दिए । ‘मौलिक शैलीमा आधुनिक निर्माणले पर्यटकलाई बिशेष अनुभूति दिनेछ’ अधिकारीले भने- पर्यटकले तिरेको एकएक पैसा असुल गरेर जानेछन् ।’

Rupakot-Resort-Pokhara-7

दृश्यहरुको ‘ब्रान्डिङ’ गरेर ग्राहकलाई आकषिर्त गर्ने योजनाका साथ रिसोर्टमा लगानी गरेको अधिकारीले जानकारी दिए ।  ‘यही दृश्यदेखि लोभिएर बेल्जियमबाट फर्किएँ, यसलाई मजस्तै संसारका सवै पर्यटकलाई लोभ्याउँछ’ उनले भने ।

यो पनि पढ्नुहाेस् : बेगनास र रुपातालको दृश्यले फर्कायो’

२ सय रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा परम्परागत शैलीका आठ वटा भवन छन् । जहाँ ८४ जना ग्राहक बस्न सक्ने ४२ वटा वातानुकुलित कोठाहरु छन् । रिसोर्ट निर्माणमा नेपाली मौलिक शैलीलाई पनि पछ्याइएको जसले गर्दा गाउँको घरमै गएर बसेजस्तो अनुभूति हुन्छ ।

रिसोर्टको मुख्य विषेशता एकै ठाउँबाट बेगनास र रुपा तालका साथै दर्जनाैं हिमशृंखला र पोखरा शहरको दृश्यावलोकन हो । एकै ठाउँबाट यतिधेरै मनमोहक दृश्य देखिने ठाउँहरु संसारमा थोरैमात्रै रहेको अधिकारीले बताए ।

Rupakot-Resort-Pokhara-9

रिसोर्ट सञ्चालनमा आएको केही वर्षमै पाँचतारेमा स्तरोन्नति गर्ने योजना रहेको अधिकारीले जानकारी दिए । रिसोर्टको भान्सामा पाक्ने खाद्य वस्तु ९० प्रतिशत अग्र्यानिक हुने उनले जानकारी दिए । रिसोर्टले स्थानीय किसानलाई अग्र्यानिक खेती गर्न प्रोत्साहन गर्न सिँचाइका लागि बोरिङ गाडिसकेको छ ।

‘यसले त पोखराको पर्यटन परिभाषालाई नै परिवर्तन गरिदिन सक्छ’ रिसोर्टमा पुगेका नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराम मुल्मीले भने-‘एनआरएनहरु नेपालमा फर्किएर जुन जोखिम उठाएका छन, पर्यटन क्षेत्रबाट त्यसको प्रतिफल पनि छ ।’    Rupakot-Resort-Pokhara-5 Rupakot-Resort-Pokhara-12 Rupakot-Resort-Pokhara-8 Rupakot-Resort-Pokhara-11

Rupakot-Resort-Pokhara-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment