Comments Add Comment

विप्लवमाथि मोहन वैद्यका आरोपै आरोप

Mohan baidhya kiran११ पुस, काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य किरणले पूर्वसचिव नेत्रविक्रम चन्दमाथि विभिन्न ‘वादी’ भएको आरोप लगाएका छन् । विप्लवले मार्क्सवादको खास्टो ओढेर मार्क्सवादलाई नै सिध्याउन खोजेको आरोप लगाएका छन् ।

शुक्रबारबाट काठमाडौंमा सुरु भएको पार्टीको पहिलो राष्ट्रिय भेलामा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै वैद्यले हालै मात्र पार्टी फुटाएका विप्लवमाथि दर्जनौं आरोप लगाएका छन् । पुरानो बानेश्वरको ओम साई पार्टी प्यालेसमा आयोजित सम्मेलनमा उनले अधिकांश समय विप्लवको आलोचनामा खर्च गरे ।

यद्यपि खुला उद्घाटन सत्रमा भने वैद्यले समग्र आन्दोलन र पार्टी फुटको समीक्षा गर्नुपर्ने बताएका थिए ।

एक सहभागीका अनुसार बन्द सत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दा भने वैद्य विप्लवविरुद्ध आक्रामक रुपमा प्रस्तुत भए । ‘माक्र्सवादको खास्टो ओढेर उनी (विप्लव) मार्क्सवादलाई नै सिध्याउन लागेका छन्’ बैद्यले भनेका छन्-‘रुपमा वामपन्थी, सारमा दक्षिणपन्थी हुन् ।’

विप्लवले अघि सारेको दर्शन निषेधात्मक र सम्झौतावादी भएको माओवादी अध्यक्ष बैद्यको ठहर छ । त्यस्तै विप्लवले अघि सारेको एकीकृत क्रान्तिको कार्यदिशा शून्यवादी र रहस्यवादी भएको उनले बताएका छन् ।

युनिफर्म  लगाएर दौडिँदैमा सेना नहुने भन्दै वैद्यले जाली फटाहालाई ठोकेर क्रान्ति नहुने बताए । जनयुद्धको जगमा जनविद्रोह नै सही कार्यदिशा भएको भन्दै वैद्यले भनेका छन्-‘यसका लागि तयारी गर्नुपर्छ, समय लाग्छ ।’

समूह विभाजन

वैद्यको प्रतिवेदनमाथि छलफलका लागि १८ वटा समूह बनाइएको छ । पाँचदिने भेलामा ७५ जिल्ला तथा भारत, युरोप र मध्यपूर्वका देशबाट आएका गरी ८ सय ४५ प्रतिनिधि सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment