Comments Add Comment

पेशावर आक्रमणका योजनाकार मारिए

pakistan-army

११ पुस, काठमाडौं । पेशावर स्कुल आक्रमणका योजनाकार मानिएका पाकिस्तानी तालिबान कमाण्डर मारिएका छन् ।

सद्दाम नाम गरिएका उनी पेशावर आक्रमणको महत्वपूर्ण योजनाकार भएको पाकिस्तानी सुरक्षा बलले जनाएको छ । गोप्य सूचनाका आधारमा सुरक्षा बलले बिहीबार राति बारा इलाकामा कारबाही गरेको थियो ।

पेशावरमा तालिबानले आर्मी स्कुलमा गरेको आक्रमणमा १३२ बालबालिकासहित १४० जनाको मृत्यु भएको थियो ।

चरमपन्थी कमाण्डर सद्दाम तथा उसका सहयोगी र सुरक्षा बलबीच झण्डै एक घन्टा भिडन्त भएको अधिकारीहरुले बताएका छन् । भिडन्तमा सद्दाम मारिए भने उनका छ सहयोगी घाइते भएका छन् ।

सुरक्षा अधिकारीहरुका अनुसार सद्दाम पेशावर आक्रमणका योजनाकारका साथै आक्रमणकारीलाई सवारी दिने र स्कुल पुर्‍याउने काममा संलग्न थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment