Comments Add Comment

प्रधानमन्त्री कोइरालालाई चीन भ्रमणको निम्तो

Susil-Koirala-Final

११ पुस, काठमाडौं । चिनियाँ विदेश मन्त्री वाङ यीले प्रधानमन्त्री सुशील कोइरालालाई चीन भ्रमणको निम्तो दिएका छन् ।

प्रधानमन्त्री कोइरालासँग शुक्रबार भएको भेटमा विदेश मन्त्री यीले चीन भ्रमणको निम्तो दिएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिए ।

विदेशमन्त्री यीले नेपालको विकासका लागि सहयोग गर्न चीन तयार रहेको अवगत गराउँदै नेपालमा शान्ति र स्थिरता हुनुपर्नेमा जोड दिएका छन् । नेपालको विकासका लागि पूर्वाधारको विकास महत्वपूर्ण भएको बताउँदै उनले त्यसमा चीनको लगानी सदुपयोग गर्न आग्रह गरे ।

संविधान निर्माण समयमै होस् भन्ने चीनको सदिच्छा भएको बताउँदै नेपाल चीनको प्राथमिकतामा पर्ने बताएको परराष्ट्र सल्लाहकार भट्टराईले जानकारी दिए ।

भेटमा प्रधानमन्त्री कोइरालाले नेपालको विकासमा चीनले गरेको सहयोगको सह्रहाना गर्दै नेपाल सदैव एक चीन नीतिको पक्षमा रहेको बताए । साथै प्रधानमन्त्री कोइरालाले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment