Comments Add Comment

कोष्टाको गोलमा चेल्सीलाई ६ अंकको अग्रता

Costa

११ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर चेल्सीले ६ अंकको अग्रता कायम गरेको छ । शुक्रबार राति भएको खेलमा चेल्सीले वेष्टहृयामलाई २-० गोल अन्तरले पराजित गरेको छ ।

चेल्सीले ३१ औं मिनेटमा जोन टेरीको गोलबाट अग्रता लियो । उनले डिएगो कोष्टाको पासमा क्लोज रेन्जबाट गोल गरेका हुन् ।

त्यसअघि ओस्कार र ग्यारी काहिलको राम्रो गोल प्रयास वेष्टहृयामका गोलकिपरले असफल पारेका थिए ।

पहिलो हाफको अन्तिममा खेलमा केही तनाव देखियो । इभानोभिचलाई एण्डी क्यारोलले फल गरेपछि खेलाडीहरु प्रतिवादमा उत्रिए । तर, रेफ्रीले इभानोभिचको पेनाल्टी अपिललाई अस्वीकार गरे ।

खेलको ६२ औं मिनेटमा डिएगो कोष्टाले उत्कृष्ट गोल गर्दै चेल्सीको जित सुनिश्चित गरे ।

जितपछि चेल्सीको १८ खेलबाट ४५ अंक भएको छ भने दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटी ३९ अंक छ र उसले एक खेल कम खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment