Comments Add Comment

चेल्सीमाथि म्यानचेष्टर सिटीको दबाव कायमै

Manchester City

१२ पुस, काठमाडौं । म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिग लिडर चेल्सीमाथि दबाव कायमै राखेको छ ।

शुक्रबार राति भएको खेलमा म्योनचेष्टर सिटीले वेष्टब्रोमलाई ३–१ ले पराजित गरेको छ । जितसँगै उसले चेल्सीसँगको अंक दुरी ३ मा झारेको छ ।

त्यसअघि वेष्टह्यामलाई २–० ले हराउँदै चेल्सीले अग्रता ६ अंकमा पु¥याएको थियो ।

वेष्टब्रोमको घरेलु मैदानमा भएको खेलमा डिफेण्डिङ च्याम्पियन सिटीले आठौं मिनेटमा फर्नान्डोको गोलबाट अग्रता लिएको थियो । १३ औं मिनेटमा याया टोरेले पेनाल्टी गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

खेलको ३४ औं मिनेटमा सिल्भाले गोल गर्दै पहिलो हाफमा सिटीलाई ३–० को अग्रता दिलाए । खेलको ८७ औं मिनेटमा वेष्टब्रोमले गोल गरेपनि हार टार्न सकेन् र सिटी ३–१ ले विजयी भयो ।

जितपछि सिटीको १८ खेलबाट ४२  अंक भएको छ भने चेल्सी ४५ अंकका साथ शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment