Comments Add Comment

क्यूपीआरका नेदुममाथि जिराउडको हेडबट

Giroud headbutting Nedum Onuoha

१२ पुस, काठमाडौं । क्यूपीआरलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको चौथो स्थान नजिक पुगेको छ ।

तर, ओलिभर जिराउडको ‘हेडबट’ले आर्सनलको जित छाँयामा परेको छ ।

शुक्रबार राति भएको खेलमा १० खेलाडीमा सिमित आर्सनलले क्यूपीआरलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले आठौं मिनेटमा नै पेनाल्टी पाएको थियो । अर्मान्ड ट्रोरेले फल गरेपछि पाएको पेनाल्टीमा एलेक्स सान्चेजको प्रहार क्यूपीआरका गोलरक्षकले रोके ।

तर, ३७ औं मिनेटमा सन्चेजले नै गोल गर्दै घरेलु टोलीलाई सुरुवाति अग्रता दिलाए ।

Atkinson (right) blows the whistle to stop play as Onuoha (centre) lays on the floor after being headbutted

खेलको ५३ औं मिनेटमा जिराउडले रातो कार्ड पाए । उनले क्यूपीआर नेदुमलाई हेडबट (प्रतिद्वन्द्वी खेलाडीलाई टाउकोले हिर्काउनु) हाने ।

आर्सनल १० खेलाडीमा सिमित भएको मौकामा क्यूपीआरले खेलमा फर्कने प्रयास गरेको थियो । तर, ६५ औ मिनेटमा थोमस रोस्कीले गोल गर्दै आर्सनलाई २–० को अग्रता दिलाए ।

खेलको ७९ औं मिनेटमा क्यूपीआरका अस्ट्रिनले पेनाल्टी गोल गरेपछि हार टार्न सकेनन् ।

Rosicky (left) is congratulated by his Arsenal team-mates after doubling their advantage at the Emirates

जितपछि आर्सनल १८ खेलबाट ३० अ्रकका साथ छैटौं स्थानमा छ । चौथो स्थानमा रहेको साउथ ह्याम्पटनको ३२ र पाँचौं स्थानको  वेष्टह्यामको ३१ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment