Comments Add Comment

१० हजारभन्दा बढीको भुक्तानी बैंकबाट गर्न निर्देशन

१२ पुस, काठमाडौ । अर्थ समितिले १० हजार रुपैयाँ भन्दा बढीको आयातको भुक्तानी बैंक तथा वित्तीय संस्थाबाट मात्रै हुने ब्यवस्था गर्न निर्देशन दिएको छ । भन्सार विन्दुमा कम मूल्याङ्कन गर्ने र बजारमा बढी मूल्यमा वस्तु विक्री गरेर राजस्व र उपभोक्ता दुवै ठगिएको भन्दै समितिले यस्तो निर्देशन दिएको हो ।

nepali-noteशुक्रबार बसेको समितिको बैठकले यस्तो निर्देशन दिने निर्णय गरेको हो । ‘ब्यापारिक प्रयोजनका लागि नेपालमा आयात हुने मालवस्तुहरुमा १० हजार रुपैयाँ भन्दा बढीको कारोबार बैंकिङ् प्रणालीबाट गराउने ब्यवस्था गर्ने’ समितिले अर्थ मन्त्रालयलाई दिएको निर्देशनमा भनिएको छ, राजधानी दैनिकमा खबर छ ।

समितिले शुक्रवार भन्सार दर, भन्सार असुली र न्यून बिजकीकरणको विषयमा छलफल गरेको थियो । छलफलमा सभासदहरुले भन्सारमा न्युन बिजकीकरणको समस्या रहेको बताएपछि समितिले यस्तो निर्देशन दिएको हो ।

बैंकमार्फत भुक्तानी गर्ने ब्यवस्था मिलाउँदा सीमा क्षेत्रमा भारतीय मालवस्तुको यथार्थ मूल्य पनि थाहा हुने भएकाले यस्तो निर्देशन दिइएको समितिका सभापति प्रकाश ज्वालाले बताए ।

भारत र चीनबाहेका देशबाट आयात हुने सवै बस्तु एलसी खोसेर ल्याउने गरिए पनि यी दुई देशबाट नगद भुक्तानीमा पनि आयात हुने गरेको छ । चीनमा नेपाली बैंकले खाता खोल्न नपाउने ब्यवस्था भएकाले समस्या भए पनि भारतसँग्को ब्यापारमा यस्तो ब्यवस्था कार्यान्वयन गर्न समस्या नहुने भन्दासर विभागका उपमहानिर्देशक दामोदर रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment