Comments Add Comment

सपनै भयो युरोप पुग्ने योजना

१२ पुस, काठमाडाैं । ‘के छ भाइ, तेरो खबर?’ घरैनिर बस्ने एक जना चिनेजानेका दाइले उनलाई एक बिहानको भेटमा सोधेका थिए।
‘ठिकै छ, बाँचिएको छ,’ उनले हात मिलाउँदै सोधे, ‘तपाईंको के छ? जापान जान लागेको सुन्या थिएँ, के भयो?’
‘जापान होइन, अब युरोप जाने!’ प्रश्न भुइँमा खस्न नपाउँदै उनले जवाफ दिए।
तिनको जवाफमा यस्तो रवाफ झल्कन्थ्यो, मानौं, केही दिनमै जिन्दगीको धोको पूरा हुँदैछ।
‘युरोप?’
‘हो। बसी–बसी घरमै भिसा आइपुग्छ,’ उनले यसरी सुनाए, युरोप जाने भिसा कुनै महत्वको कागजै होइन। अति सस्तो, ज्यादै सजिलो।
सिन्धुपाल्चोक घर भई कोटेश्वर, जडीबुटी बस्ने २९ वर्षीय लोकबहादुर भण्डारी ती छिमेकी दाइका कुरा सुनेर चकित परे। उनलाई दिउँसै युरोपको सपना देख्न एकछिन पनि लागेन।
के थाहा उनलाई, बसी–बसी घरमै युरोपको भिसा झार्ने धक्कु लाउने ती दाइ त मानवतस्करीका खुंखार दलाल हुन्।
अचानक एक दिन उनीहरूको युरोप सपनामाथि वज्रपात भयो।
पुलिसले ‘तिमीहरू अब घर जाने, एयरपोर्ट हिँड’ भन्दै ट्रकमा राख्यो र हिँडायो। कति त त्यहीँबाट पनि भाग्न भ्याएका थिए। ‘हामीलाई त भाग्ने आँट नि आएन, एयरपोर्ट लगेर प्लेनमा मनाडो भन्ने टापुमा लिएर गयो। त्यो त जेल पो रहेछ।’
युरोप जान हिँडेका उनीहरू इन्डोनेसियाको जेलमा हुलिए।
एउटै कोठामा आठ जना सुत्नुपर्ने। आफैं पकाउनुपर्ने। मन खंग्रङ्ग भइसकेको थियो। दलाललाई सम्पर्क गर्न खोजे। उनीहरूले पाउने रासन पुलिसलाई दिएपछि फोन गर्न दियो। ‘तिमीहरूको पासपोर्ट हामीसँगै छ, हामी भिसा थपेर तीन–चार दिनमा निकाल्छौं,’ दलालले फोनमा भन्थ्यो।
‘हाम्रो पार्सपोर्ट देऊ, पासपोर्ट भए हामीलाई चाँडै छाड्छ। हामी कतै जाँदैनौ, नेपाल फर्किन्छौं भन्दाभन्दा रुपकले डेढ महिनापछि बल्ल हाम्रो पासपोर्ट पठाइदियो। त्यसपछि हामीलाई आइओएमले सम्पर्क गर्योे र उद्धार गरेर नेपाल पठाइदियो,’ लोकबहादुरले लामो सास ताने र युरोप छिरेर धन कमाउने सपनाले डोहोर्या एको मानवतस्करीको कहालिलाग्दो यात्रा सुनाए।
खासामा गुमाएको पैसा उठाउन हिँडेका लोकबहादुर, अर्को त्यति नै लाख सकेर फर्किए।
युरोप समुन्द्रैबाट हेरे, टेक्नधरि नपाएको नागरिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment