Comments Add Comment

साताभरमा नौ अंकले घट्यो नेप्से, कारोबार ४५ प्रतिशतले घट्यो

१२ पुस काठमाडौं । यो साता नेप्से परिसूचक ८.८१ अंकले घटेर ८८५.७२ अंकमा पुगेको छ । साताभरमा नेपाल स्टक एक्सचेन्जमा १ सय ६२ कम्पनीका १४ लाख २० हजार कित्ता सेयर ६२ करोड ३६ लाख रुपैयाँमा कारोबार भएका छन ।

कारोबार रकम गत साताको भन्दा ४५.४४ प्रतिशतले कम हो । गत साता १ सय ६७ कम्पनीका ३२ लाख २९ हजार कित्ता सेयर एक अर्ब १४ करोड ३० लाख रुपैयाँमा किनबेच भएका थिए ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १.९५ अंकले घटेर १९०.५७ अंकमा आइपुगेको छ ।
योसाता कारोबार रकम (४ करोड ४४ लाख ९० हजार रुपैयाँ) का आधारमा प्राइम बैंक अग्रस्थानमा छ । कारोबार भएको सेयर संख्या (८६ हजार कित्ता) को आधारमा पनि प्राइम बैंक नै अग्रस्थानमा छ । यो साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि ४ दिन खुला रहृयो ।

कारोबार रकमका आधारमा साताका उत्कृष्ट ५ कम्पनीहरु:

कम्पनीको नाम कारोबार रकम

(रु. दशलाखमा)

प्राइम कमर्सियल बैंक 44.49
एनसिसी बैंक 41.1
चिलिमे हाइड्रोपावर कम्पनी 37.39
नेपाल लाइफ इन्स्योरेन्स 29.95
स्वावलम्बन विकास बैंक 29.7

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment