Comments Add Comment

बैंकहरुले ग्राहकसँग अनावश्यक शुल्क लिन नपाउने

१२ पुस काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अब ग्राहकसँग अनावश्कय शुल्क लिन नपाउने भएका छन । राष्ट्र बैंकले शुक्रबार निर्देशन जारी गर्दै अनावश्यक शुल्क लिन नपाउने व्यवस्था गरेको हो ।

nepal rastra bankराष्ट्र बैंकको निर्देशनसँगै बैंकहरुले एक/दुई किस्ता तिर्न ढिलाइ हुँदा पनि पुरै लगानी रकमबाट पेनाल ब्याज उठाउन नपाउने भएका छन ।
राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार, कर्जामा लाग्ने पेनाल ब्याज दर कर्जा प्रवाह गर्दा ऋणीसँग गरिने सम्झौतामा उल्लेख गर्नुपर्नेछ । नयाँ व्यवस्थासँगै पेनाल ब्याज लिँदा बक्यौता साँवा रकममा बाषिर्क पेनाल ब्याजदरले विलम्ब भएको समयावधिका लागि कायम हुन आउने रकमभन्दा बढी लिन पाउने छैनन ।
त्यसैगरी, ग्राहकको ब्याज प्रदान गर्ने खाता कुनै पनि कारणले निष्क्रिय हुन गएमासमेत निक्षेपकर्ताले पाउनुपर्ने ब्याज प्रदान गर्नुपर्ने र बैंकले व्याजदर प्रकाशित गर्दा वाषिर्क प्रतिशत दर उल्लेख गर्नु पर्ने निर्देश्नमा उल्लेख छ ।

बैंकहरुले ग्राहकलाई कर्जा प्रवाह गर्दा लिने शुल्क ०.२५ प्रतिशतभन्दा बढीले फरक गर्न नहुने निर्देश्नमा उल्लेख छ । त्यस्तै, ऋणीसँग गरिएको कर्जा सम्झौतामा भएका सर्तहरु बैंकले एकतर्फीरुपमा परिवर्तन गरेमा र ऋणीले कर्जा अग्रीमरुपमा भुक्तानी गरेमा कुनै किसिमको अग्रीम भुक्तानी शुल्क लिन पाइने छैन ।
त्यसैगरी सेवाग्राहीलाई पर्ने असुविधा तथा सर्वसाधारणको गुनासो सुनुवाई गर्न सूचना तथा गुनासो सुनुवाई डेस्कको स्थापना गर्नुपर्ने, वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरु अनिवार्य सञ्चालन गर्नुपर्नेलगायत निर्देशनमा उल्लेख छ ।
राष्ट्र बैंकको पूरै निर्देशन पढ्न यहाँ क्लिक गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment