Comments Add Comment

प्रहरी नायव निरीक्षक चोरी गर्दागर्दै पक्राउ

Police-pakrau

  • रानाभाटलार्इ कारबाही गर्न माग गर्दै प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थानयी र प्रसनीकाे परिचय पत्र

१२ पुस, बुटबल । इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी नायव निरीक्षक किरणबहादुर रानाभाट चोरी गर्दागर्दै रंगेहात पक्राउ परेका छन् ।

शुक्रबार मध्यरातमा रुपन्देहीको बुटवल ५ गोलपार्कस्थित छायाँ पोख्रेलको घरमा चोरी गर्न पसेका रानाभाट पक्राउ परेका हुन् ।

उनलाई घरकै सदस्यहरुले राति १२ बजे नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । उनी बिजुलीको पोलबाट चढेर पोखरेलको घरमा छिरेका थिए ।

रानाभाटलाई कारबाही गर्न माग गर्दै स्थानीयले इलाका प्रहरी कार्यालय घेराउ गरेका छन् ।  एसपी राजेन्द्र ढकालले उनीमाथि बिभागीय कारवाही अघि बढाइएको जानकारी दिए ।

तनहुँका रानाभाट बिगत २ बर्षदेखि इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत छन् । उनीमाथि यसअघि पनि पटक-पटक गलत कार्य गरेको अभियोग लागेपनि प्रमाणको अभावमा उन्मुक्ति पाउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment