Comments Add Comment

घोडामाथि मुखमैथुन गर्नेलाई पशुकरणीको मुद्दा

55
एक ३० वर्षीय युवकलाई पशु करणीको आरोपमा पक्राउ गरिएको छ । अमेरिकाको विस्कन्सिनस्थित वाउसाउकाका बासिन्दा ज्यारेड क्रेफ्टले घोडामाथि मुखमैथुन गरेको आरोप लागेकेा छ ।
म्याराथन काउन्टीको प्रहरीले स्थानीय वाउसाउ स्थित एक घोडा तबेलामा एकजना युवकले घेाडासँग करणी गरिरहेको खबर पाउनासाथ घटनास्थलमा पुगि बुधबार ती युवकलाई पक्राउ गरेका थिए ।
प्रहरी घटनास्थलमा आउँदा क्रेफ्ट घोडासँगै बसेका थिए । उनले अनुहारमा मास्क लगाउनुका साथै कालो ज्याकेट तथा निलो पाइन्ट लगाएका थिए जुन नितम्ब तथा गुप्तांग क्षेत्रमा प्वाल पारिएको थियो ।
उनको हातमा गाँजाको सुल्फा पनि थियो र साथमा पेट्रोलियम जेलीको जार समेत राखेका थिए ।
समाचार अनुसार आफुले घोडा सँग सम्भोग गरेका पोर्न फिल्म हेरेपछि यसरी घोडासँगै मुख मैथुन गरेको कुरा अदालतसामु उनले स्विकार गरेका छन् ।
तर सरकारी न्यायाधिवक्ताले आफुले घोडा करणीकेा यस्तो घटना अहिलेसम्म नदेखेको बताएका छन् ।
क्रेफ्टमाथि जनावरको यौनांगबाट यौनसन्तुष्टि लिएको, अवैध लागुऔषध राखेको अभियोग लगाइनुका साथै गाँजा राखेको आरोपमा उनीमाथि पटकेमा कारवाही समेत हुने भएकेा छ । अदालतले मागेको २ हजार डलर धरौटी तिर्न नसकेपछि उनी म्याराथन काउन्टी जेलमा बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment