Comments Add Comment

द्वन्द्वपीडित तथा एकल महिला सञ्जाल बाँकेमा विक

new-commeti

आरपी सुवेदी
१२ पुस, नेपालगन्ज । द्वन्द्वपीडित तथा एकल महिला सञ्जाल बाँकेमा एकमाया विकको नेतृत्वमा नयाँकार्य समिति चयन भएको छ । चौथो साधारण सभा तथा दोस्रो जिल्ला अधिबेशनबाट बिकको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन भएको हो ।

सो समितिको उपाध्यक्षमा गोमा थापा, सचिवमा जयन्ती केसी, सह-सचिवमा विन्दा खरेल पाण्डे, कोषाध्यक्षमा बसन्ता जोशी सर्बसम्मत चयन भएको निर्वाचन समितिका संयोजक अधिवक्ता केशव कोईरालाले जानकारी दिए ।

यसैगरी सो समितिको सदस्यहरुमा विजया रोकाय, मनसरा सुनार, सावित्रा मल्ल र ईमानसरा रोकाय चयन भएका छन् । द्वन्द्वपीडित तथा एकल महिला सञ्जाल गठन र बाँकेका सबै गाविसमा संगठनलाई विस्तार गर्नको लागि संस्थापक अध्यक्ष शोभा विसिको नेतृत्वले एकल महिलाको लागि रातो अभियान, हक अधिकारको लागि अथक प्रयास गरेको थियो ।

सस्थापक अध्यक्ष विसिको अध्यक्षतामा सम्पन्न सो सञ्जालको उद्दघाटन सत्रमा गाविसस्तरका सञ्जालमा नेतृत्व दिन र सामाजिक विभेदको विरुद्ध संघर्ष गर्दै आएका ५ जना सञ्जलका अभियान्ताहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

यसरी सम्मानित हुनेहरुमा खासकुस्मा गाविसमा रहेको जुनकिरी एकल महिला सञ्जाल की अध्यक्ष तिर्थकुमारी बस्नेत, टिटिरिहाकी आशारानी चौधरी, राधापुरकी फूलमाया जैशी, बनकटवाकी उषा दाहाल र नेपालगन्जकी विन्दा पाण्डे खरेललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment