Comments Add Comment

तमू ल्होछारको अवसरमा आठ पत्रकार सम्मानित

TAMU SAMMAN१२ पुस, काठमाडौं । तमू संचारकर्मी संघ नेपालले तमू पत्रकारिता पुरस्कार वितरण गरेको छ । तमू ल्होछारको आयोजनामा गरिएको कार्यक्रममा आठजना पत्रकारलाई सम्मान गरिएको छ । एक कार्यक्रमका बीच श्रम तथा रोजगारमन्त्री टेकबहादुर गुरुङले सम्मान गरेका थिए ।

पूर्वप्रधानसेनपाति छत्रमानसिंह गुरुङ तथा श्रीमती कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सगरमाथा टेलिभिजनका गणेशमान गुरुङ तथा गैर जनजातिमा कान्तिपुरसरोजराज अधिकारीले जनही १० हजार रुपैयाँसहित सम्मानपत्र पाएका छन् ।

त्यस्तै सुश्री भद्राकुमारी घले पत्रकारिता पुरस्कारबाट रेडियो गण्डकीकी रोशनी तमू तथा कालिका एफएमकी कमला गुरुङ पुरस्कृत भएका छन् । उनीहरुले पाँच हजार नगदसहित सम्मानपत्र पाएका छन् ।

सीआइ टेकबहादुर गुरुङ तथा श्रीमती रसकुमारी गुरुङ पत्रकारिता पुरस्कारबाट रेडियो देवदहका भिमप्रसाद गुरुङ तथा नेपाल टेलिभिजनका बद्रीकाजी गुरुङ सम्मानित भएका छन् । उनीहरुले जनही पाँच हजार एक रुपैंया र सम्मानपत्र पाप्त गरेका छन्  ।

यसैगरी लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट एबीसी टेलिभिजनका मनीराज गुरुङले १० हजार नगदसहित सम्मान पत्र पाएका छन् । आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट गोरखापत्र दैनिकका रवन तमू सम्मानित भएका छन् ।

‘तमूवान प्रदेश सहितको समावेशी संघीय संविधान’ भन्ने मूल नाराका साथ यस वर्ष ल्होछार मनाइँदैछ ।
जुली गुरुङबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment