Comments Add Comment

एक प्लेट मःमःको एक रुपैयाँ क्रिकेटलाई

one-rs-for-cricket

१२ पुस, धनगढी । पछिल्ला केही वर्षमा नेपालमा क्रिकेट क्रेज बढेको छ । नेपाली क्रिकेटले एकपछि अर्को सफलता हात पार्दा सहयोगीहरु हातहरु पनि बढेका छन् ।

यसको पछिल्लो कडी बनेका छन्, धनगढीका मःमः व्यापारी सचितानन्द गुप्ता ।

उनले धनगढी एलएन चोकमा रहेको आफ्नौ कैलोरी भेज मःमः सेन्टरमा विक्री हुने हरेक प्लेट मःमःबाट एक रुपैयाँ धनगढी क्रिकेट एकेडेमीलाई दिने घोषणा गरेका हुन् ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै उनले भने-‘मैले दैनिक ७० प्लेट मःमः बिक्री गर्ने गरेको छु । हरेक प्लेबाट एक रुपैयाँ म यस क्षेत्रको क्रिकेट विकासका लागि खर्च गर्नेछु ।’

गुप्ताले एसपीए कप २०१५ का लागि राईजिङ प्लेयरलाई क्रिकेट किटका साथै साइकल दिने घोषणा गरे । एसपीए कप क्रिकेट माघमा हुनेछ ।

धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले यस्तो सहयोगले क्रिकेटमा लाग्न प्रेरणा दिइरहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment