Comments Add Comment

भोकाएको सिल र ज्याद्रो अक्टोपसको लडाइँ (फोटो कथा)

actopus 1
दुइ सामु दक जिव सिल र अक्टोपसबीचको भिडन्तका आश्चर्यजनक तस्वीरहरु हेर्दा आङै सिरिंग हुन्छ । खतरनाक सिकारी जन्तु सिलको आहारा बन्नबाट जोगिन विषालु जिव अक्टोपसले गरेकेा संघर्ष तारिफयोग्य नै हो, तर प्रकृतिको नियम उसले अन्त्यमा पराजय स्विकार्दै सिलको भोजन बन्न बाध्य भयो ।
घाम उदाइसकेको थिएन । सिल ब्रेकफास्टको खोजीमा थियो । तर भोकाएको सिलले भोजन पाइरहेको थिएन । त्यसैले नजिकै अक्टोपस देखेपछि उसलाई झम्टिनु स्वभाविकै हो । तर अक्टोपस उसका लागि सजिलो सिकार थिएन । सिलले अक्टोपसलाई सिँगै जिउँदै निल्ने धृष्टता गर्यो । तर आफ्ना हतियारबद्ध लामा टेन्टाकल्सले सिलको मुखमा आक्रमण गर्दै अक्टोपसले तत्काल हार नस्विकार्ने उद्घोष गर्यो ।
लडाइँ लामै समय चल्यो । अन्ततः अक्टोपसमाथि श्रृंखलाबद्ध आक्रमण गरी उसलाई मरणासन्न अवस्थामा पूराएर सिलले स्वात्तै मुखभित्र हाल्यो ।
अक्टोपस र सिलको यो आश्चर्यजनक लडाइँ अमेरिकाको हो । फोटोग्राफर एन्ड्रीयु ली ले क्यालिफोर्निया हंटिंगटन बिचस्थित समुद्री तटीय क्षेत्रमा यो दृश्य कैद गर्न सफल भएका हुन् । माछा खानका लागि डाइभ हान्ने चराका दृश्य खिच्न बिहानै समुद्री तटमा ओर्लिएका ली भाग्यमानी रहे । उनले दुइ सामुदि्रक जिवबीच बाँच्नका लागि भएको आश्चर्यजनक संघर्षलाई आफ्नो क्यामरामा कैद गर्न सफल भए ।

actopus 2 actopus 3 actopus 4 actopus 5 actopus 6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment