Comments Add Comment

उर्लाबारी महोत्सव आजबाट सुरु

urlabari Festival
पानसमा बत्ति बालेर महोत्सव उदघाटन गर्दै उर्लाबारी नगरपालिकाका कार्यकारी अधिकृत सुवास श्रेष्ठ ।

१२ पुस, उर्लाबारी । मोरङको उर्लाबारीमा शनिबारबाट उर्लाबारी रिमझिम महोत्सव सुरु भएको छ । उर्लाबारी नगरपालिकाका कार्यकारी अधिकृत सुवास श्रेष्ठले पानसमा बत्ति बालेर महोत्सव उदघाटन गरे ।

आन्तरिक पर्यटन प्रबर्द्धनका साथै व्यापार व्यवसाय बृद्धि गर्ने उद्देश्यले महोत्सव आयोजना गरेको श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा उर्लाबारी नगर विकास समितिका अध्यक्ष केशव कार्की, उर्लाबारी पूर्वाधार निर्माण समितिका अध्यक्ष भोलामान श्रेष्ठ, उर्लाबारी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष भरत भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यस्तै एकीकृत नेकपा माओवादीका नगर अध्यक्ष राजेन्द्र पौडेल, राप्रपा नेपालका नगर अध्यक्ष राजेन्द्र कार्की, संघिय समाजवादीका नगर अध्यक्ष रामकुमार राई, रेडियो इन्दे्रणीका स्टेशन म्यानेजर मन नेम्वाङ, सञ्चार क्लबका पूर्वअध्यक्ष डिपी खतिवडा, केदार चौहानलगायतले महोत्सवको सफलताको कामना गरे ।

पूर्वी मोरङका पत्रकारहरुको साझा संगठन सञ्चार क्लब नेपालको भवन निर्माण सहयोगार्थ आयोजना गरिएको महोत्सव एक महिनासम्म चल्ने आयोजक समितिका सचिव तेजन खड्काले जानकारी दिए ।

महोत्सवमा व्यापारीक स्टलहरु पनि राखिएका छन् । महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सहभागितामा साँस्कृतिक कार्यक्रम पनि हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment