Comments Add Comment

नौं लाखको लागुऔषध सहित ५ युवा पक्राउ

सलमान खान
१२ पुस, भैरहवा । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाले लागुऔषध सहित पाँच जना युवालाई पक्राउ गरेको छ । ब्युरोका प्रहरी हबल्दार प्रभु कोहार नेतृत्वको टोलीले ६ युवालाई शनिबार विहान बेलहिया सिमानाकाबाट पक्रेको हो ।

पक्राउ पर्नेहरुमा पोखरा उपमहानगरपालिका-१७ का २९ वर्षीय सनम विश्वकर्मा, पोखरा उपमहानगरपालिका-९ का १८ वर्षीय सुवास गुरुङ र सोही स्थानकै २१ वर्षीय अर्जुन गुरुङ रहेका छन् । तनहुँ बन्दीपुर ५ का १९ वर्षीय अर्जुन सापकोटा र मकवानपुर बसामाडी ७ का १९ वर्षीय उमेश राई पनि पक्राउ परेका छन् ।

उनीहरुको साथबाट लागुऔषध टिडी जेसिक फेनारगन, डाइजेपाम र नुफिन गरी कुल ६ सय ६ थान र ८ क्यापसुल स्पासमो बरामद भएको ब्युराका हबल्दार प्रभु कोहारले बताए ।

उनका अनुसार बरामद गरिएको लागुऔषधको मुल्य नेपाली बजार अनुसार ९ लाख रुपैयाँ भन्दा बढीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment