Comments Add Comment

बन्द हडताल नगर्न प्रचण्डलाई उद्योगीको आग्रह

१२ पुस, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बन्द हड्ताल नगर्न एमाओवादी अध्यक्ष प्रचण्डलाई आग्रह गरेको छ ।

Prachandaमहासंघका अध्यक्ष प्रदीपजङ्ग पाण्डे नेतृत्वको टोलीले शनिबार प्रचण्डलाई भेटेर मुलुकमा क्रमशः लगानीको वातावरण बन्दै गएको सन्दर्भमा बन्द, हडताललगायतका क्रियाकलाप नगर्न ध्यानाकर्षण गरेको हो ।

जवाफ प्रचण्डले ३० दलसँग छलफल गरी निर्णय लिने बताएको पाण्डेले जानकारी दिए । उनले भने-‘बन्द हडतालको संस्कृति अब हराइसकेको छ । बन्द हडताल छोडेर विकास निर्माणमा लाग्ने र बाहिरको लगानी आइरहेको अवस्थामा यसले असर गर्ने भएकाले ध्यानाकर्षण गराएका हौं । यसमा प्रचण्ड सकारात्मक देखिनुभएको छ ।’

प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले आमहड्तालसहितको आन्दोलन घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment