Comments Add Comment

बामदेवले भने- ज्ञानेन्द्रलाई वीरेन्द्रभन्दा लोकप्रिय हुन भनेको थिएँ

१२ पुस, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले आफूले तत्कालीन राजा ज्ञानेन्द्रलाई वीरेन्द्रभन्दा लोकप्रिय हुन सुझाव दिएको बताएका छन् ।

bamdev-gautamदरवार हत्याकाण्डमा वीरेन्द्रको बंशनाश हुँदा आफ्नो आँखा कयौं दिन रसाएको बताए ।

शनिबार राजधानीमा भएको कार्यक्रममा गौतमले भने-‘मलाई नयाँ राजाले बोलाए । म फुटेको पार्टी (माले) महासचिवको हैसियतमा थिएँ । मैले नयाँ राजा (ज्ञानेन्द्र)लाई तपाई राजा वीरेन्द्रभन्दा लोकपि्रय हुनुपर्छ भनेँ ।’

ज्ञानेन्द्रले सत्ता लिँदा आफूले गलत गरियो भनेर सन्देश पठाएको स्मरण गर्दै गौतमले भने-‘एउटा सार्वजनिक कार्यक्रममा भेट हुँदा के छ बामदेव भने । मैले सरकार सबै बेठिक छ भनेको थिएँ ।’

१२ बुँदे सम्झौतामा राजतन्त्र फाल्ने उल्लेख नभएपनि अन्तिममा राजतन्त्र हटेको भन्दै एमाले उपाध्यक्ष समेत रहेका गौतमले-‘सेरेमोनियल राजा पनि अव सम्भव छैन । अब राजा फर्काउनु निरर्थक हुनेछ ।’

उनने पृथ्वीनारायण शाह र तत्कालीन राजा महेन्द्र मात्र सच्चा राष्ट्रवादी भएको बताए । गृहमन्त्री गौतमले राष्ट्रिय एकता दिवस कहिले मनाउने भन्नेमा आफू द्विविधामा रहेको समेत जानकारी दिए ।

कांग्रेस नेता खुमबहादुर खड्काले नेपाललाई हिन्दू अधिराज्य बनाउने महाअभियान सुरु भएको बताए । मुलुक संघीयतामा गइसकेकाले आफनो कुनै विरोध नरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment