Comments Add Comment

‘माघ ८ लाई रोक्न’ वैद्यले गरे आम हडतालको प्रस्ताव

१२ पुस, काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले आगामी माघ ८ गते संविधान घोषणा हुन नदिने भन्दै देशव्यापी आम हड्तालको प्रस्ताव गरेका छन् ।

दोस्रो संविधानसभा निर्वाचन बहिस्कार गरेको वैद्य माओवादीले ‘संविधानसभालाई असफल पार्ने’ कार्यनीतिलाई मुख्य एजेन्डा बनाउने भएको छ ।

Mohan baidhya Kiran

पुरानो बानेश्वरमा शुक्रबारदेखि सुरु भएको प्रथम राष्ट्रिय भेलामा देशैभरिबाट आएका आफ्ना प्रतिनिधिसमक्ष वैद्यले ‘माघ ८ लाई रोक्ने’ भन्दै आम हड्ताल लगायतको आन्दोलनको प्रस्ताव पेश गरेका हुन् ।

यसअघि प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले माघ ५ गते आमहड्तालसहितको कार्यक्रम घोषणा गरिसकेको छ । प्रचण्ड नेतृत्वको मोर्चाले जस्तै वैद्यले पनि एकै प्रकृतिको क्षेत्रीय हडताल र आम हडतालको कार्यक्रम प्रस्ताव गरेका हुन् ।

यो पनि पढ्नुस् : वैद्यको दस्तावेज भन्छ-‘मानिसको इच्छाले मात्रै क्रान्ति हुँदैन’

राष्ट्रिय कार्यकर्ता भेलामा वैद्यले चरणवद्ध रुपमा पार्टीले अभ्यास गर्दै आएका लिम्वुवान, मधेस, थरुहट लगायतका राज्य समिति (क्षेत्रीय) स्तरमा बन्द गर्ने र माघ ३ गते देशब्यापी आम हड्ताल गर्ने कार्यक्रम प्रस्ताव गरेका छन् ।

यो संविधानसभाले जनताको संविधान नबनाउने भन्दै बैद्यले माघ ८ सम्म देश अस्तव्यस्त पार्ने गरी आन्दोलनमा उत्रन कार्यकर्तालाई आहृवान गरेका छन् । उनले संविधानसभालाई विघटन गरेर सर्वपक्षीय राजनीतिक सम्मेलनमार्फत अघि बढ्नुपर्ने नारा दोहोर्‍याएका छन् ।

आफूहरुले चाहेजस्तै माघ ८ गते संविधान नबन्ने निश्चित भएमा भने आन्दोलनका कार्यक्रमलाई परिमार्जन गर्न सकिने वैद्यले प्रस्ताव राखेको भेलामा सहभागी एक प्रतिनिधिले अनलाइनखबरलाई बताए ।

बैद्यको राजनीतिक प्रतिवेदनमाथि १८ समूहमा छलफल भइरहेको छ । तर, २४ पृष्ठ लामो राजनीतिक प्रस्तावमाथि समूहगत छलफल भए पनि आन्दोलनको प्रस्ताव पास हुने नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment