Comments Add Comment

क्रिश्चियनको कार्यक्रममा उपराष्ट्रपतिले भने- म खाँटी हिन्दु हुँ

paramananda-Jha१२ पुस, काठमाडौ । क्रिश्चियन धर्मावलम्बीहरुको विशेष कार्यक्रममा बोल्दै उपराष्ट्रपति परामानन्द झाले आफू खाँटी हिन्दुवादी भएको बताएका छन् ।

इसाई धर्मावलम्बीहरुको ठूलो चाड क्रिसमसको अवसरमा शनिबार राजधानीको एक होटलमा आयोजित शुभकामना आदान-प्रदान विशेष कार्यक्रममा बोल्दै उपराष्ट्रपति झाले आफू हिन्दु धर्म मान्ने व्यक्ति भए पनि अन्य धर्मको पनि श्रद्धा गर्ने बताए ।

ख्रीष्टियन महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै झाले भने- ‘म खाँटी हिन्दु हुँ, इसाई धर्मावलम्बी होइन ।’

प्रभुको कृपाले संविधान पाओस्

आफूलाई खाँटी हिन्दु धर्मावलम्बी दाबी गरेका झाले मुलुकले नयाँ संविधान पाउन प्रभुको पुकारा गरे । उनले भने, ‘प्रभुको कृपाबाट यो नेपालले चाँडै संविधान पाओस् ।’

जुनसुकै धर्ममा पनि श्रद्धापूर्वक सहभागी भइदिएको खण्डमा धर्मप्रतिको आस्थालाई सहयोग मिल्ने झाले बताए । उनले नयाँ संविधान बनाउने कार्यमा शीघ्रता दिन संविधानसभा सदस्य तथा राजनीतिक दलका नेताहरुलाई आग्रह गरे ।

कार्यक्रममा कानूनमन्त्री नरहरी आचार्यले आफूहरुले सबै धर्मको सम्मानकै लागि धर्म निरपेक्ष राज्य घोषणा गरिएको बताए । उनले सबै धर्मलाई समान ब्यवहार गरिने प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment