Comments Add Comment

रविलाई मिस्टर फिटनेस फस्ट उपाधि

१२ पुस, काठमाडौं । रविजंग थापाले प्रथम मिस्टर फिटनेस फस्ट इन्ट्रा शारीरिक सुगठन प्रतियोगिताको उपाधि शनिबार जितेका छन् ।

उपाधिसंगै रविले १० हजार नगद, फ्रिज र डिस होम बक्स पुरस्कार वापत पाए ।

कलंकीको ढुंगेअड्डास्थित फिटनेस फस्ट पर्फेस्ट क्लबद्वारा आयोजित प्रतियोगतामा हरि राउत दोश्रो र प्रतिष्ठितलाल श्रेष्ठ तेश्रो भए । हरिले ५ हजार र प्रतिष्ठितले ३ हजार नगद पुरस्कार प्राप्त गरे ।

दुवैलाई डिस होम बोक्स पनि उपहार स्वरुप प्रदान गरियो । प्रतिष्ठितले उत्कृष्ट ‘पोजर’ को उपाधि पनि हात पारे । त्यस वापत उनले माइक्रोमेक्स मोबाइल हात पारे ।

चौथो भएका समिन केसीले २ हजार, पाँचौंका पि्रतम खड्गीले १ हजार ५ सय र छैटौंका मिलन श्रेष्ठले १ हजार नगद पुरस्कार थापे । त्यस्तै सातौंका समित महर्जन, आठौंका एमके महर्जन, नवौंका विवेक श्रेष्ठ र दसौंका लालबहादुर गुरुङले समान ५-५ सय नगद पुरस्कार जिते ।

उक्त अवसरमा मिस्टर धर्मश्री उपाधि विजेता महेश्वर महर्जन र भारतमा भएको छैटौं विश्व शारीरिक सुगठन च्याम्यिनसिपअन्तर्गत फिट्नेस फिजिक्समा रजत जितेका विमललाल श्रेष्ठलाई प्रशंसापत्र र मायाको चिनो प्रदान गरी आयोजक क्लबले सम्मान गरेको थियो ।

एकदिने प्रतियोगितामा १८ प्रतिस्पर्धी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment