Comments Add Comment

अमेरिकी डलरको भाउ १ सय २ रुपैयाँ पुग्यो

dollar१३ पुस काठमाडौं । पुस महिनाको सुरुवातदेखि नै लगातार बढेको अमेरिकी डलरको मुल्य आइतबार १ सय २ रुपैयाँ पुगेको छ ।

आइतबारका लागि नेपाल राष्ट्र बैंकले एकअमेरिकी डलर १ सय १ रुपैयाँ ४० पैसामा खरिद गर्ने र १ सय २ रुपैयाँमा बिक्री गर्ने जनाएको छ ।

नविल बैंक, नेपालइन्भेष्टमेन्ट बैंक, हिमालयन बैंकले राष्ट्र बैंकले तोकेकै दरमा डरल खरिद बिक्री गरिरहेको जनाएका छन ।

एसबिआई बैंकले भने प्रतिअमेरिकी डरल १ सय रुपैयाँ ८९ पैसामा किन्ने र १ सय २ रुपैयाँमा बिक्री गर्ने जनाएको छ ।

अन्य वाणिज्य बैंकहरुले अमेरिकीड डलर १ सय २ रुपैयाँ भन्दा बढी मुल्यमा बिक्री गरिरहेको जनाएका छ ।

राष्ट्र बैंकले पुस १ गतेका लागि भने डलरको मुल्य १ सय १ रुपैयाँ १ पैसा तोकेको थियो । त्यसयता डलरको मुल्य सय रुपैयाँ तल भएको छैन ।

अमेरिकी केन्दि्रय बैंकले लिएको नीतिको प्रभावका कारण डरल महंगिएको हो । डलरको व्याजदर बढ्ने अपेक्षामा संसारभरका लगानीकर्ताहरुले डलर खरिद गरी सञ्चय गर्न थालेपछि डलरको मुल्य बढेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment