Comments Add Comment

समेस्टर प्रणालीविरुद्ध आन्दोलनरत विद्यार्थी पक्राउ

१३ पुस, काठमाडौं । समेस्टर प्रणालीविरुद्ध आन्दोलनरत विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसरबाट क्रान्तिकारीका केन्द्रीय सदस्य यम गिरी, काठमाडौं जिल्ला अध्यक्ष भीम भुर्तेल लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्रिविले यस वर्षबाट समेस्टर प्रणाली लागू गरेको छ । तर, शुल्क महंगो भएको तथा कोटा तोक्दा धेरै विद्यार्थी पहुँचबाट बाहिर हुने भन्दै विद्यार्थी संगठनहरुले आन्दोलन गर्दै आएका छन् ।

गत जेठमा पोखरामा सम्पन्न त्रिवि सभाले फागुनबाट सेमेस्टर प्रणाली लागू गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment