Comments Add Comment

‘विवाह र कर्मकाण्डबारे एमाओवादीको नीति के हो ?’

Naryan kaji Shrestha

१३ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विवाह र कर्मकाण्ड लगायतका सांस्कृतिक विषयमा समेत पार्टीले ठोस नीति बनाउनुपर्ने बताएका छन् ।

पेरिसडाँडामा आइतबार बसेको केन्द्रीय समितिको बैठकमा नेता श्रेष्ठले भने- ‘लेनिनपछि कम्युनिष्ट दर्शनको विकास भएन, अब नयाँ कम्युनिष्ट घोषणापत्रको जरुरी छ, विवाह, कर्मकाण्डजस्ता सांस्कृतिक आचरणबारे पार्टीको अवधारणा के हो ? यी विषयमा पनि नयाँ संश्लेषण गर्नुपर्छ ।’

उपाध्यक्ष श्रेष्ठले एक वर्षभित्रमा महाधिवशेन गर्न नभ्याइने अवस्थामा गम्भीर बहसका लागि डेढ वर्ष समय छुट्याउनुपर्ने बैठकमा बताए । तर, पार्टीभित्र भ्रष्टीकरण भएको र वर्गचरित्रमा स्खलन आएकाले यसलाई नसच्याई महाधिवेशन सफल नहुने श्रेष्ठले बताए ।

‘महाधिवेशनमा सही क्रान्तिकारी संश्लेषण गर्न अहिले भएको विचारलाई आत्मसाथ गर्ने कि छाड्ने ?’ श्रेष्ठले बैठकमा भने-‘प्रचण्डले अध्यक्ष छाड्नै हुँदैन र दोस्रो स्थानमा रहनुभएका बाबुरामजीले नेतृत्व लिनै हुँदैन भन्ने होइन, तर यो प्रस्ताव केन्द्रीय समितिमा किन ल्याइयो ?’

प्रचण्ड र बाबुरामबीचको पदीय लेनदेनको प्रचारले महाधिवेशनमा हुनुपर्ने वैचारिक बहसलाई फितलो बनाउने खतरा देखिएको श्रेष्ठको विश्लेषण थियो ।

‘महाधिवेशनमा वैचारिक बहसका लागि खुल्ला दिमाग र आलोचनात्मक चेत हुनुपर्छ, हामी तीनजना नेतामा विश्वासको वातावरण बनिसकेको छैन’ श्रेष्ठले बैठकमा भने-‘निर्मल लामालाई सीआइडी भन्ने अनि प्रचण्डलाई राजावादी र बाबुरामलाई भारतपरस्त भन्ने स्कुलिङबाट आएका हामीवीच एकता र विश्वासको वातावरण नबनेसम्म महाधिवशेन सफल हुँदैन ।’

आम हडतालको आलोचना

एमाओवादी उपाध्यक्ष श्रेष्ठले एमाओवादी नेतृत्वको १९ दलीय मोर्चाले घोषणा गरेको आम हडतालप्रति असहमति जनाएका छन् ।

कांग्रेस र एमालेले संविधान निर्माणको प्रक्रिया सुरु नगरेको अवस्थामा आम हडताल गर्दा एमाओवादीले संविधान बनाउन चाहँदैन भन्ने गलत सन्देश गएको श्रेष्ठले बैठकमा बताए ।

करिब ४५ मिनेट मन्तव्य व्यक्त गरेका श्रेष्ठले पार्टीलाई रुपान्तरण नगरी महाधिवशेन सफल नहुनेमा विशेष जोड दिएको बैठकमा सहभागी एक नेताले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment