Comments Add Comment

सभासद ज्यू, खाली कुर्सीले नै संविधान बनाउने हो ?

१३ पुस, काठमाडौं । संविधानका अन्तरवस्तुमा सहमतिका लागि शीर्ष नेताहरु संविधानसभा बाहिर छलफलमा व्यस्त रहेका बेला संविधानसभा बैठकमा भने पट्यारलाग्दो भाषण चलिरहेको छ ।

CA-MEETING

  • आइतबारको संविधानसभा बैठकमा अधिकांश सभासद अनुपस्थित भएपछि देखिएका रित्ता कुर्सी ।

सभासदहरु आफू बोल्दै हिँड्दै गर्छन् । तर, उनीहरुको कुरा सुन्ने खाली कुर्सीमात्रै हुन थालेका छन् । आइतबार एमाले सभासद विकास लम्सालले बोल्दै गर्दा खाली कुर्सीमात्र थिए ।

आइतबारको बैठक चल्दै गर्दा सभासदहरुको उपस्थिति लगभग शून्य देखिएपछि एमाओवादी सभासद रुपा महर्जनले संविधानसभा भवनबाटै खाली कुर्सीको फोटो फेसबुकमा पोष्ट गरिन् ।

संवैधानिक संवाद समितिको प्रस्तावमाथि छलफल गर्ने क्रममा सभासदको उपस्थिति पातलिएपछि बैठकमा खाली कुर्सीमात्र देखिन थालेका हुन् ।

सँधै झै आइतवार पनि सभासदहरुले खाली कुर्सीलाई आ आफ्नो दलको अवधारणा सुनाएका हुन् ।

सभासदहरु भत्ता नकाटियोस् भनेर हाजिर गर्ने र बाहिर बाहिरै हिँड्ने क्रम बढिरहेको छ । बोल्ने पालो भएका सभासदहरु मात्रै बैठकमा जाने गर्छन् ।

संविधानसभा बैठकमा कोरमसमेत पुग्न छाडेको छ । बैठकभित्र रहेकाहरु पनि निदाउने, मोबाइल खेलाउने गरेका देखिन्छन् । संविधानसभामा सभासदले जति महत्वपूर्ण कुरा राखे पनि सुन्नेले नसुनेपछि अर्थ नहुने एमाले सभासद रामेश्वर फुयाँल बताउँछन् ।

‘होइन खाली कुर्सीले नै संविधान बनाउँछन् कि कि क्या हो ? महर्जनको प्रश्नले सभासद र शीर्षनेताहरुलाई लज्जित बनायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment