Comments Add Comment

औद्योगिक करिडोर स्थापना गर्न अध्ययन समिति गठन

Arghakhanchi-Cement-Industry
रूपन्देही जिल्लामा रहेको अर्घाखाँची सिमेन्ट उद्योग ।

१३ पुस, काठमाडौं । उद्योग मन्त्रालयले मुलुकका विभिन्न क्षेत्रमा औद्योगिक करिडोर स्थापनाका लागि अध्ययन समिति गठन गरेको छ ।

समितिले सुनसरी-मोरङ, वीरगञ्ज-सिमरा, भैरहवा-बुटवल र नेपालगञ्ज-कोहलपुरमा औद्योगिक करिडोरको सम्भवना अध्ययन गर्नेछ ।

आगामी दुई महिनाभित्र समग्र भौतिक पूर्वाधारको अध्ययन प्रतिवेदन पेश गर्ने गरी तीन सदस्यीय समिति गठन गरिएको मन्त्रालयकी प्रवक्ता यम कुमारी खतिवडाले जानकारी दिइन् ।

मन्त्रालयको प्रविधि महाशाखाका सहसचिव ऋषिराज कोइरालाको संयोजकत्वमा गठित समितिमा औद्योगिक प्रवर्द्धन महाशाखाका उपउसचिव विष्णुप्रसाद ढकाल र उद्योग विभागका प्रविधि निर्देशक सदस्य रहेका छन् ।

प्रवक्ता खतिवडाले औद्योगिक करिडोर स्थापना भएमा उक्त क्षेत्रमा सञ्चालित उद्योगहरुलाई विशेष सुविधा उपलब्ध हुने प्रस्ताव औद्योगिक व्यवसाय ऐनमा रहेको बताइन ।

औद्योगिक व्यवसाय ऐन अहिले मन्त्रिपरिषद्मा पेश भई विधेयक समितिमा छलफलको क्रममा रहेको छ ।

‘औद्योगिक करिडोर स्थापनाको कानुनी आधार औद्योगिक व्यवसाय ऐन हो’ प्रवक्ता खतिवडाले भनिन् ‘त्यसलै जति चाँडो ऐन बन्छ, त्यहि रफ्तारमा यो काम अघि बढ्नेछ ।’

मुलुकको अर्थतन्त्रको समुचित विकासका लागि औद्योगिक लगानीको वातावरण बनाउन, उत्पादन र रोजगारीको अवसर वृद्धि गर्न, उपलब्ध स्रोत अधिकतम उपयोग गरि आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्न औद्योगिक करिडोर स्थापना गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment