Comments Add Comment

१६ अंकले बढ्यो नेप्से, बैंकिङ, बीमा र जलविद्युतले उछाल्यो

१३ पुस काठमाडौं । साताको पहिलो दिन आइतबार १५.९२ अंकले बढेर नेप्से परिसूचक ९०३.७२ अंकमा पुगेको छ । गत साताभर ९ सय अंकभन्दा तल रहेको नेप्से सूचक यो साताको पहिलो दिननै ९ सय अंक नाघेको हो ।

Nepse-pous13आइतबार वाणिज्य बैंक समुहको सूचक १६.९६ अंकले बढेको छ । यो समुहको मात्रै १३ करोड ६६ लाख रुपैयाँको कारोबार भयो ।

त्यसैगरी, होटलको २७.१७ अंकले, विकास बैंकको ११.४६ अंकले, जलविद्युतको ५३.७८ अंकले, वित्त कम्पनीको ११.९९ अंकले, बीमाको ५४.४२ अंकले र अन्य समुहको सूचक २.३५ अंकले बढेको छ । उत्पादनमूलक समूहको भने ८.१४ अंकले घटेको छ ।

आइतबार नेप्सेमा कारोबार पनि उत्साहजन भएको छ । यो दिन १ सय २२ कम्पनीका ५ लाख ७३ हजार कित्ता सेयर ३० करोड ६६ लाख रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । गत साताका दिनहरुमा २० करोभन्दा बढीको कारोबार भएको थिएन ।

आइतबार नेप्सेमा सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्योरेन्सको भएको छ । यो कम्पनीको ६ करोड १० लाख रुपैयाँ बराबरको प्रवर्द्धक सेयरको कारोबार भएको छ ।

त्यसैगरी नेपाल एसबिआई बैंकको २ करोड ८२ लाख रुपैयाँ, सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको १ करोड ९४ लाख रुपैयाँ, नेपाल बैंकको १ करोड ८८ लाख रुपैयाँ र चिलिमे हाइड्रोको १ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment