Comments Add Comment

रियल मड्रिड क्लब अफ दि इयरको नोमिनेसनमा

Real Madrid

१३ पुस, काठमाडौं । युरोपियन जाइन्ट रियल मड्रिड क्लब अफ दि इयरको नोमिनेसनमा परेको छ ।

ग्लोब सकर अवार्ड अन्तर्गत क्लब अफ दि इयरको मनोनयनमा रियल मड्रिड र युभेन्टससँगै बार्यन म्युनिख, अयाक्स र बाजल परेका छन् ।

रियल मडि्रडले गत मे मा च्याम्पियन्स लिगको १० औं उपाधि जितेको थियो । रियलले यो सिजन फिफा क्लब वर्ल्डकपसहित चार उपाधि जितेको छ ।

उसले डिसेम्बर ३० मा अब दुबईमा एसी मिलानसँग मैत्रिपूर्ण खेल खेल्ने तय भएको छ ।

गत सिजन बार्यन म्युनिखले क्लब अफ दि इयर घोषित भएको थियो भने फ्रांक रिवेरी प्लेयर अफ दि इयरबाट सम्मानित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment